२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परीक्षण उडानका लागि तयार सुकिलुम्बा विमानस्थल

अ+ अ-

इलाम । सुकिलुम्बा विमानस्थल परीक्षण उडानका लागि तयार भएको छ ।

यसअघि विमानको उडान परीक्षण पटक पटक प्रभावित हुँदै आएको थियो । गत जेठ ३ गते नै परीक्षण उडानका लागि मैदान तयार गरिए पनि वर्षाका कारण उडान हुन नसकेको विमानस्थलमा कार्यरत इन्जिनियर सन्दीप मिश्रले जानकारी दिए ।

“धावन मार्ग परीक्षण उडानका लागि तयार भइसकेको छ,” उनले भने ।

नागरिक उड्डयन प्राधिकरणले आगामी सोमबार विमान उडान परीक्षण गर्ने तयारी गरेको छ । मौसमले साथ दिएमा परीक्षण उडान गर्ने तयारी गरिएको नागरिक उड्डयन प्राधिकरणअन्तर्गत सुकिलुम्बा विमानस्थल आयोजना प्रमुख इन्जिनियर पुष्प न्यौपानेले जानकारी दिए । जहाज उडान परीक्षणका लागि प्राधिकरणले तारा एयरसँग सम्झौता गरेको छ । तारा एयरका पाइलट विमानस्थलको अवस्था जाँच गरी फर्केका छन् ।

“गत वर्ष वैशाखमै उडान परीक्षण गर्ने योजना थियो, निर्माण नसकिएका कारण ढिला भएको हो,” उनले भने ।

निर्माण व्यवसायी मोहन गुरुङ विमानस्थल भिरालो र माटोमात्र भएकाले पानीले निर्माण प्रभावित पारेको बताए । धावन मार्गका लागि करीब एक करोडमा काष्ठमाण्डप निर्माण सेवा प्रालिसँग ठेक्का सम्झौता गरिएको थियो । विमानस्थलको धावन मार्ग ७०० मिटर लामो र ६० मिटर चौडा छ । नौ करोडमा ढल व्यवस्थापनको काम भइरहेको छ ।

सुकिलुम्बा विमानस्थल निर्माण सम्पन्न भए पाँचथर, इलामसहित भारतको, दार्जिलिङ, सिक्कमलगायतका बासिन्दालाई सजह हुनेछ । हालसम्म धावन मार्ग निर्माण गर्न आठ करोड तथा ढल निकासका लागि रु नौ करोड खर्च भइसकेको प्रमुख इन्जिनियर न्यौपानेले बताए। निर्माण सम्पन्न गर्न करीब ३५ करोड आवश्यक छ ।