२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनाङका नवनियुक्त प्रजिअ पौड्‍यालको प्रतिज्ञा: “बहाना होइन, कामबाटै जनविश्वास”

अ+ अ-

मनाङ । मनाङ जिल्लाका नवनियुक्त प्रमुख जिल्ला अधिकारी नवराज पौड्‍यालले पद बहाली गरेका छन्। एक साता अघि गरिएको दर्जन जिल्लाका प्रजिअ सरुवामध्ये इलाका प्रशासन कार्यालय फर्पिङका प्रमुख रहेका पौडेललाई मनाङ प्रशासनको जिम्मेवारी दिइएको हो।

इलाकादेखि गृह प्रशासनसम्मको अनुभव समेटेका प्रजिअ पौड्‍यालले शान्ति सुरक्षा पहिलो प्राथमिकता भए पनि सेवाग्राहीको गुनासा सम्बोधनलाई विशेष महत्त्व दिने बताए।

“शान्ति सुरक्षा, कानुन र व्यवस्था कायम राख्न कतै कमजोरी आउनु हुँदैन,” उनले भने, “कामबाटै सरकारी कर्मचारीप्रतिको नागरिकको दृष्टिकोण बदल्नु मुख्य चुनौती हो, त्यसैले सबै निकाय नागरिकलाई सेवा प्रवाहमा जिम्मेवार हुनुपर्छ।”

व्यक्तिगतभन्दा टोलीगत कार्यलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उनले नागरिकप्रति सहज तर मुद्दाप्रति कडा रहने प्रतिबद्धता जनाए।

सूचना प्रविधि (आइसिटी) आधारित सेवा प्रवाहलाई अघि बढाउने बताउँदै प्रजिअ पौड्‍यालले दुर्गम क्षेत्रमा घर-घरमै सेवा पुर्‍याउने योजना प्रस्तुत गरे।

सरकारप्रतिको विश्वास बढाउनुपर्ने बताउँदै उनले विपद् व्यवस्थापनसँगै “सूचना नै शक्ति हो” भन्ने धारणा बलियो बनाउन प्रत्यक्ष सूचना उपलब्ध गराउनेमा जोड दिए।

दुर्गम जिल्लाका सेवाग्राहीलाई समय र मेहनत खर्चेर आउनुपर्ने बाध्यता औँल्याउँदै उनले भने, “यो भएन, त्यो भएन भनेर फर्काउने होइन, कसरी सेवा दिएर पठाउने भन्नेमा प्रशासन सजग रहन्छ।” सोही आधारमा सबै कर्मचारीलाई टोलीगत कार्यमा प्रोत्साहित गर्ने प्रतिबद्धता उनले जनाए।