२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय सरकारको पहल : रामप्रसादराईमा वृद्धवृद्धाको घरदैलोमा भत्ता

अ+ अ-

भोजपुर । नागरिकको सहजताका लागि रामप्रसादराई गाउँपालिकाले वडास्तरमै भत्ता वितरण सुरु गरेको छ । गाउँपालिका केन्द्रमा रहेको बैंकसम्म आउन वृद्धवृद्धा तथा असक्त नागरिकलाई समस्या भएपछि गाउँपालिकाले वडास्तरबाट सेवा दिन थालेको हो ।

भौगोलिक विकटताका कारण गाउँपालिकासम्म आउन कठिन भएपछि गाउँपालिकाले घुम्ती शिविरमार्फत सेवा प्रदान गरिरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले जानकारी दिए। एकीकृत घुम्ती शिविरमार्फत राष्ट्रिय परिचयपत्र नवीकरण र स्वास्थ्य जाँच सेवा पनि सञ्चालन भइरहेको अध्यक्ष राईले बताए।

“हामीले नागरिकको सहजताका लागि शिविरमार्फत सेवा प्रदान गर्दै आएका छौँ, भौगोलिक विकटताका कारण नागरिकलाई सेवा लिन गाउँपालिकासम्म आउन समस्या छ । स्थानीय सरकारको सेवा जनताको घरदैलोसम्म पुर्‍याउने लक्ष्यले घुम्ती शिविरबाट सेवा दिइएका हौँ”, अध्यक्ष राईले भने । 

साउनमै भत्ता वितरण हुनुपर्ने भए पनि गाउँपालिकामा रहेको बैंकको शाखाले जनशक्ति व्यवस्थापन गर्न ढिलाइ गर्दा वितरणमा केही ढिला भएको उनको भनाइ छ। सहज रूपमा वडामा भत्ता पाएपछि वृद्धवृद्धा तथा असक्त नागरिक खुसी भएका छन् । 

आफ्नै घरछेउबाट भत्ता लिन पाउँदा हर्षित भएको वडा नं ३ भुल्केका होमबहादुर विश्वकर्माले बताए। भत्ता लिन गाउँपालिका केन्द्रसम्म पुग्न धेरै सास्ती हुने गरेको उनको भनाइ छ । “वडाबाटै भत्ता पाउँदा सहजता भएको छ, बुढेसकालको ज्यान हिँडेर जान समस्या छ । गाडीमा जाँदा पनि धेरै खर्च हुन्थ्यो”, उनले भने । 

स्वास्थ्य शिविरसहित जनप्रतिनिधि आफैँ आएर वडामै भत्ता दिएकोप्रति डम्बरकुमारी खत्रीले खुसी प्रकट गरे । गाउँपालिकाले वृद्धवृद्धा तथा असक्तलाई सहज हुनेगरी काम गरेको उनको भनाइ छ । घर पायकमै भत्ता पाउँदा आफूलाई स्थानीय सरकार भएको अनुभूति भएको उनी बताउछन् ।

आठ वडामध्ये हालसम्म वडा नं १ ओख्रेमा एक सय ४१ जनालाई सामाजिक सुरक्षा भत्ता, १४ जनालाई राष्ट्रिय परिचयपत्र, वडा नं २ धोद्लेखानीमा ७२ जनालाई सामाजिक सुरक्षा भत्ता, चार जनालाई राष्ट्रिय परिचयपत्र र वडा नं ३ भुल्केमा एक सय ३१ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण र ३५ जनाको राष्ट्रिय परिचयपत्र बनाइएको छ । 

गाउँपालिकाका अनुसार अन्य वडामा पनि क्रमशः वितरण गरेर भदौ ११ गते वडा नं ८ खोक्सिकमा शिविर सम्पन्न हुनेछ ।