२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साफ यू-१७ महिला च्याम्पियनसिपमा भारतविरुद्ध नेपालको फराकिलो हार

अ+ अ-

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-१७ च्याम्पियनसिपअन्तर्गतको उद्घाटन खेलमा नेपालले भारतसँग फराकिलो हार व्यहोरेको छ।  

बुधबार भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा भारतले नेपाललाई ७-० ले हरायो। भारतको लागि अविस्ता बस्नेत, निरा चानु लोङ्जम, अनुष्का कुमारीले समान दुई-दुई गोल गर्दा जुलानले एक गोल गरिन्।  

भारतलाई पहिलो सफलता अविस्ताले दिलाएकी थिइन्। उनले खेलको १६औँ मिनेटमा भारतलाई अग्रता दिलाइन्।  

त्यसपछि पहिलो गोल भएको १० मिनेट नबित्दै निराले गोल गरिन्। उनले खेलको २६औँ मिनेटमा गोल गरिन्। भारतको लागि तेस्रो गोल अनुष्का कुमारीले गरिन्। उनले खेलको ३४औँ मिनेटमा गोल गर्दै खेललाई ३-० को फराकिलो अन्तरमा ल्याइन्।  

अविस्ताले अर्को गोल खेलको ४२औँ मिनेटमा गरिन्। पहिलो हाफको अतिरिक्त समयमा गोल गरेर जुलानले भारतको लागि पाँचौँ सफलता दिलाइन्। नेपाल पहिलो हाफमा नै ५-० को अन्तरले पछि परेको थियो।  

त्यसपछि खेलको ५६औँ मिनेटमा पुनस् निराले गोल गरिन्। छैटौँ गोल भएको पाँच मिनेटपछि अनुष्काले अर्को गोल जोडिन्।  

आजबाट सुरु भएको प्रतियोगितामा नेपाल, भुटान, भारत र बंगलादेशको सहभागिता रहेको छ। प्रतियोगिता राउन्ड रोबिनको आधारमा हुनेछ।  

नेपालले अब दोस्रो खेल अगस्ट २२ मा आयोजक राष्ट्र भुटानसँग खेल्नेछ। त्यस्तै, नेपाल र बंगलादेशबीचको खेल अगस्ट २४ मा हुनेछ।