२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रातो पासपोर्ट बोकेर एनजीओको कार्यक्रममा दौडिन मिल्छ ? भन्दै उपसभामुखबारे कार्यव्यवस्थामा प्रश्न

अ+ अ-

काठमाडौँ। सभामुख देवराज घिमिरेले राखेको कार्यव्यवस्था समितिको बैठकमा काँग्रेस र माओवादीले उपसभामुख इन्दिरा राना मगरको अमेरिका भ्रमणबारे प्रश्न उठाएको छ ।

बैठकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले उपसभामुखको विषय चर्चामा आइरहेको भन्दै विषय उठाएपछि काँग्रेस सांसद रामहरि खतिवडाले उपसभामुखको भ्रमणबारे प्रश्न उठाए ।

पाण्डेले बैठकमा भने, ‘उपसभामुखलाई हटाउने भन्ने विषय हिजोदेखि आइरहेको छ । यो के हो ? जानकारी होस् ।’

त्यसपछि सभामुखले व्यक्तिगत कार्यक्रममा लागि उपसभामुख अहिले अमेरिका भ्रमण गएको जानकारी गराए । सभामुखले उपसभामुखबारे जवाफ दिएपछि काँग्रेस सांसद खतिवडाले उपसभामुख कस्तो कार्यक्रममा सहभागी हुन गएको भन्दै प्रश्न उठाए ।

खतिवडाले सभामुखलाई भने, ‘उपसभामुख सांसदसँग सम्बन्धित कार्यक्रममा जानुभएको हो कि अरू कुनै एनजिओ, आइएनजीओको ? सभामुखलाई जानकारी गराउनुभएको होला । रातो पासपोर्ट बोकेर उपसभामुख पटक पटक विदेश जान मिल्छ कि मिल्दैन ?’

खतिवडाले पटक(पटक संसदीय समितिमा एनजीओ आईएनजीओ कार्यक्रम रोक्न कुरा उठाउने तर आफू घुम्न जाने यसमा महासचिवले पनि कडाइ गर्नुपर्‍यो भन्दै सभामुखसँग सवाल जवाफ गरेका थिए ।

खतिवडाले भने, ‘संसदमा एनजीओ आइएनजीओ कार्यक्रम रोक्ने । आफू चाहिँ यस्ता कार्यक्रममा जाने, यस्ता कार्यक्रममा जान रोक्नुपर्‍यो । उहाँ कसको खर्चमा जानुभएको हो रु’

सभामुख घिमिरेले उपसभामुख सहभागी हुने कार्यक्रम संसदीय कार्यक्रम नभएको जानकारी दिएका थिए । सभामुखले भने, ‘एउटा कार्यक्रममा बिदा मागेर जानुभएको छ । संसद्को त होइन ।’

काँग्रेसले प्रश्न उठाएपछि उपसभामुख सहभागी भएको कार्यक्रम संसदीय नभएको र आफूलाई जाने आउने समय मात्रै बनाएको जवाफ फर्काएका थिए ।

काँग्रेस एमालेले उपसभामुख मगरको आचरणमाथि प्रश्न उठाउँदै हटाउनको लागि हस्ताक्षर सांसदहरूको हस्ताक्षर जुटाइरहेको छ । देशबाहिर हुँदा राम्रो सन्देश नजाने भन्दै फर्केपछि हटाउने प्रस्ताव अघि बढाउने तयारी छ । उनी भदौ १३ गते स्वदेश फर्किने कार्यक्रममा छ ।