२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भाषासम्बन्धी विधेयकमाथिको सैद्धान्तिक छलफल सकियो

अ+ अ-

काठमाडौँ । कोशी प्रदेश सभाको आजको बैठकमा ‘कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफल सकिएको छ ।

प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले गएको साउन २५ गते विधेयक सदनमा पेस गरेपछि सैद्धान्तिक छलफलका क्रममा २९ जना प्रदेशसभा सदस्यले आ-आफ्नो विचार र सुझाव राखेका थिए । 

आजको बैठकमा मन्त्री राईले सबैले अपनत्व ग्रहण गरी विधेयकलाई सर्वसम्मत पारित गरिदिन आग्रह गरे । 

भाषा आयोगले मैथिली र लिम्बू भाषालाई सरकारी कामकाजको भाषा बनाउन गरिएको सिफारिसका आधारमा यो विधेयक ल्याइएको हो । प्रदेशमा १०९ भाषाभाषी रहेकामा तीमध्ये १३ वटा भाषालाई सरकारी कामकाजको भाषा हुनुपर्ने आयोगको सिफारिस छ ।

विधेयक टेबुल
‘कोशी प्रदेश तथ्यांकसम्बन्धी कार्यलाई व्यवस्थित गर्न बनेको विधेयक’ सदनमा टेबुल भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले विधेयक सदनमा पेस गर्ने प्रस्ताव राखेकामा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले स्वीकृत भएको थियो ।

मन्त्री मगरले सरकारले बनाउने योजनालाई व्यवस्थित एवं सफल बनाउन तथ्यांकको महत्त्वपूर्ण भूमिका रहने भएकाले विधेयक ल्याउनुपरेको जानकारी दिए । 

प्रतिवेदन
आजको बैठकमा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति रामदेव यादवले कोशी प्रदेश वन ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन सदनमा वाचन गरे ।

शून्य समय
सभाको शून्य समयमा प्रदेशसभा सदस्य डोल्मा तामाङ, सपना दर्जी, गोम्बु शेर्पा, नम्बरलाल धिमाल, मीना श्रेष्ठ र शोभा चेम्जोङले प्रदेशका विविध समस्याबारे सरकारको ध्यानाकर्षण गराएका थिए ।