२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वगभर्नर नेपालले भने-‘पर्यटनमा गरेको लगानीले छिटो प्रतिफल दिन्छ’

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले पर्यटन क्षेत्रको लगानीबाट छिटो प्रतिफल लिन सकिने बताएका छन् ।

पूर्व गभर्नर डा. नेपालले पर्यटन क्षेत्रको लगानीबाट छिटो प्रतिफल लिन सकिने भएकोले सम्भावना अध्ययन गरी लगानी बढाउनुपर्ने बताएका हुन् ।

पाल्पाको तिनाउ गाउँपालिकाले विकास र समृद्धिका विषयमा नेपालसँग गरेको अन्तरक्रिया तथा छलफलमा उनले दैनिक छिमेकी मुलुक भारतको बेलहिया नाका हुँदै हजारौँको संख्यामा पर्यटक आउने उल्लेख गर्दै उनीहरूलाई तिनाउ गाउँपालिकामा एक पटक आउने र बस्ने गरी पर्यटन विकासको योजना तयार गर्नुपर्ने बताए ।

उनले पर्यटन योजना कार्यान्वयन गर्दा तिनाउको अर्थतन्त्रमा ठुलो सघाउ पुग्ने बताए । पाल्पाको तिनाउमा रहेको झुम्सा खोला र तिनाउ खोलाको उचित संरक्षण र संर्वद्धन गरी पर्यटन अर्थतन्त्रसँग जोड्दा दिगो आर्थिक लाभ लिन सकिने पूर्व गभर्नर डा। नेपालको भनाइ थियो ।

पूर्वगभर्नर नेपालले गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को गाउँ विकास वार्षिक कार्यक्रम पुस्तिका सार्वजनिक गरेका छन् । तिनाउको सम्भावना, पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, धार्मिक पर्यटनसहित जल, जमिन, जलवायु र जनशक्तिको विकास र परिचालनका सन्दर्भमा पूर्व गभर्नर डा. नेपालले सहजीकरण गरेका थिए ।

गाउँपालिकाको सम्भावना तथा चुनौती बारेमा जानकारी गराउनुका साथै पालिकाको आर्थिक सुधार गर्दै कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्ने विषयमा पूर्व गभर्नर डा. नेपालसँग छलफल गरिएको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताए । उनले अर्थतन्त्रको जानकार भएको हिसाबले स्थानीय तहलाई कसरी आर्थिक रूपमा बलियो बनाउन सकिन्छ भन्ने विषयमा सघाउनुपर्ने बताए ।

कार्यक्रममा सहभागीहरूले गाउँपालिकाले कृषि, पर्यटन, उद्योग र स्थानीय स्रोत–साधनको प्रभावकारी उपयोगमार्फत दिगो विकास गर्न सक्ने सम्भावना रहेको बताएका थिए ।

आवश्यक पूर्वाधार, दक्ष जनशक्ति, बजेट अभाव र सुशासन प्रवर्द्धनका क्षेत्रमा चुनौती रहेकोले सम्भावना अनुसार काम गर्न नसकिएको तिनाउ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले बताए ।