२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५ बुँदे आह्वान जारी गर्दै हिन्दुकुश हिमालय सांसद सम्मेलन सम्पन्न

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आयोजनामा नेपालमा पहिलो पटक भएको हिन्दुकुश हिमालय क्षेत्रका मुलुकका सांसदको बैठक पाँच बुँदे आह्वान जारी गर्दै सम्पन्न भएको छ ।

‘प्रकृतिको संरक्षण, जनताको सशक्तीकरण’ मूल विषयका साथ यही भदौ २ र ३ गते काठमाडौँमा भएको उक्त सम्मेलन आज सम्पन्न भएको हो । यस क्षेत्रका मुलुकका सांसद तथा प्रतिनिधिले काठमाडौँमा सम्पन्न ‘हिन्दुकुश हिमालय सांसद सम्मेलन २०२५’बाट क्षेत्रीय सहकार्यद्वारा जलवायु परिवर्तन, वायु प्रदूषण र जैविक विविधता संरक्षणका क्षेत्रमा तत्काल कार्यवाही गर्न आह्वान गरेका छन् ।

समापन कार्यक्रममा आयोजक समितिका संयोजक तथा समिति सदस्य वीरबहादुर बलायरले बैठकको निष्कर्ष बारे जानकारी गराएका थिए।

सम्मेलनले साझा पारिस्थितिक, सामाजिक तथा आर्थिक महत्त्व बोकेको हिन्दुकुश हिमालय क्षेत्रमा बढ्दो जलवायु संकट, प्रदूषण र जैविक विविधताको क्षति समुदाय र पारिस्थितिक प्रणालीका लागि गम्भीर चुनौती भएको निष्कर्ष निकालेको छ ।

त्यस्तै सम्मेलनले भावी पुस्ताको सुरक्षित भविष्यका लागि जलवायु सहनशीलता, स्वच्छ वायु र जैविक विविधता संरक्षणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ । साथै सांसदहरूको विधायिकी भूमिकालाई प्रभावकारी बनाउँदै क्षेत्रीय एकता, समावेशी विकास र दिगोपनाका लागि सहकार्य गर्न आह्वान गरिएको छ ।

५ बुँदे आह्वानमा हिन्दुकुश हिमालय सांसद सम्मेलनलाई नियमित आयोजना गर्ने, क्षेत्रीय संवादका लागि ‘हिन्दुकुश हिमालय सांसद मञ्च’ स्थापना गर्ने सम्भावना खोज्नेलगायत विषय उल्लेख छन् ।

साथै जलवायु परिवर्तन, जैविक विविधता र वायु गुणस्तरसँग सम्बन्धित नवीनतम वैज्ञानिक प्रमाण, अनुभव र उत्कृष्ट अभ्यास आदान-प्रदान गर्ने, सांसदहरूको निगरानी भूमिकालाई सबल बनाउने तथा दोस्रो सम्मेलनलाई आपसी सहमतिअनुसार उपयुक्त मिति र स्थानमा आयोजना गर्ने उल्लेख छ ।

हिन्दुकुश हिमालय क्षेत्रमा अफगानिस्तान, बांङ्लादेश, भुटान, चीन, भारत, म्यानमार, नेपाल र पाकिस्तान पर्दछन् ।