२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्षमान पुनले भने-‘विपक्षी दललाई तर्साउने र दबाउने प्रयास भयो’ 

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले उपसभामुखलाई पदबाट हटाउने तयारी थालेर सत्तारुढ दलले विपक्षीहरूलाई तर्साउने काम गरेको आरोप लगाएका छन् ।

विपक्षी दलहरूको बैठक सिंहदरवारमा बस्दै छ । त्यसअघि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘सत्तारुढ दलहरूले खासगरी एमाले काँग्रेसले बेमौसमी ढंगले जुन उपसभामुखमाथि अविश्वासको आचरणसम्बन्धी जुन प्रस्तावका लागि हस्ताक्षर सुरु गरेपछि यो बेमौसमी भयो,’ उनले भने, ‘विपक्षी दलहरूलाई विभिन्न ढंगले तर्साउने काम चलिरहेको छ । त्यसको अर्को उत्कर्षजस्तो देख्यौँ । त्यसबारे छलफल गर्न लागेका हौँ ।’

एक वर्षअघि नै यस्ता प्रयास भइरहेको बताउँदै उनले विपक्षी दलहरूमाथि विभिन्न स्वार्थको दबाब दिने गरी वर्तमान सरकारले काम गर्न खोजेको उनले बताए ।

‘एक वर्ष पहिले नै कोसिस गर्नुभएको थियो । अहिले विपक्षी दलहरूमाथि विभिन्न स्वार्थमाथि दबाब दिनका लागि यो सुरु गरेको देखिन्छ । विपक्षी दललाई दबाबमा राख्ने काम गर्न खोजेको देखिन्छ,’ उनले भने ।

निरंकुश ढंगले सत्ता सञ्चालन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको पुरानो महत्वकांक्षा देखिएको उनले बताए । ‘यो लोकतान्त्रिक प्रक्रिया हो । जनताले निर्वाचित गरेका अभिमतलाई मोटामोटी मिलाएर जानुपर्छ,’ उनले भने ।