काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन अधिकृतविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले सोमबार डिभिजन वन कार्यालय, कैलालीमा कार्यरत वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
केही दिन अघि अख्तियारले सेवाग्राहीबाट सात लाख एकतीस हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा यादवलाई नियन्त्रणमा लिएको थियो।
उनले चुरे गाउँपालिका वडा नं. ६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिमार्का र छोडपूर्जीको लागि सेवाग्राहीसँग घुस लिएको पुष्टि भएकोले मुद्दा दायर गरिएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।








