२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सगरमाथा आरोहणका कीर्तिमानै कीर्तिमान

अ+ अ-

काठमाडौं । प्रथम महिला पत्रकार सगरमाथा आरोहण–२०१८ समूहका चार पत्रकारलाई सर्वोच्च शिखरको चुचुरोमा सफल आरोहण गराउनुभएका कीर्तिमानी आरोही फुर्वा तेञ्जिङ शेर्पाले थप नयाँ किर्तिमान राखेका छन्।

वसन्त ऋतुको यो याममा महिला पत्रकारलाई सगरमाथाको चुचुरोमा पुर्याएका कुशल पर्वतारोही उनले पथ प्रदर्शकको भूमिका मात्र हैन आफ्नो किर्तिमानीमा पनि नयाँ आयाम थपेको हो ।

यो यामसहित १३औँ पटक सगरमाथाको चुचुरोमा पुगेर फुर्वाले आफ्नो नयाँ पहिचान बनाउनुका साथै आफ्नै परिवारको सातजनाको समूहलाई सगरमाथा आरोहण गराएको र उनीहरूमध्ये चारजनाले एउटै समयमा सगरमाथाको चुचुरोमा पुगेर नयाँ कीर्तिमान बनाएको आरोही फुर्वा शेर्पाले जानकारी दिए ।

एउटै परिवारका एकै समयमा आरोहण गरेर किर्तिमानी कायम गर्नेमा फुर्वा तेञ्जिङ शेर्पा, फुर्वा थिली शेर्पा, पेम्बा दोर्जे शेर्पा र दावाडीकी शेर्पा हुन् ।

फुर्वा तेञ्जिङले यसअघि २४ वर्षको उमेरमा नौपटक र तीन दिनमा दुईपटक सगरमाथाको आरोहण गरेर कीर्तिमान बनाएका थिए ।

यसपटकको सगरमाथा आरोहणमा धेरै कीर्तिमानी कायम भएको छ । सोलुखुम्बुका कामिरीता शेर्पाले वैशाख ३१ गते सगरमाथाको चुचुरोमा २२ पटक आरोहण गरेर र सन् २००४ मा पेम्बाले आठ घण्टा १० मिनेटमा सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम गर्नुभएका पेम्बादोर्जे शेर्पाले पृथ्वीनारायण शाहको मूर्तिसहित सगरमाथाको आरोहण गरेर नयाँ किर्तिमान राखको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए।

यही याममा संखुवासभाकी ल्हाक्पा शेर्पाले सगरमाथाको नौपटक सफल आरोहण गरेर नेपाली महिलाको नयाँ कीर्तिमान कायम गरेकी हुन् ।

राष्ट्रिय समाचार समितिका पत्रकार रोशा बस्नेतसहित चार महिला पत्रकारले यही वैशाख ९ गते सगरमाथाको सफल आरोहण गरेका छन् । उनका साथै अन्य तीन पत्रकारमा टोलीनेता रोजिता बुद्धाचार्य (बिपी कोइराला मेमोरियल प्लानेटोरियम अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय), मेघा टेलिभिजनकी कल्पना महर्जन र स्वतन्त्र पत्रकार देउराली चाम्लिङ रहेका छन् । ‘समानताका लागि बुलन्द आवाज’ भन्ने मूल नारासहित सो महिला पत्रकार समूह सगरमाथा आरोहणमा गएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार समूहका पाँचमध्ये न्यूज २४ टेलिभिजनकी पत्रकार प्रियालक्ष्मी कार्कीबाहेक चारजनाले सफल आरोहण गरेका हुन् । उनीहरुले नेपाल पत्रकार महासंघको झण्डा पनि चुचुरोमा पु¥याएका छन् ।

वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेदेखि शुरु भएर यही जेठ ११ गतेसम्म चलेको थियो ।

यस याममा ४०० भन्दा बढीले आरोहण गरिसकेका छन् । अघिल्ला वर्षभन्दा यसपटकको आरोहणमा मानवीय क्षति पनि कम भएको छ । यस वर्षको वसन्त ऋतुमा पर्यटन विभागले आरोहण अनुमति दिएका २८ हिमालबाट हालसम्म रु ४१ करोड २८ लाख ८४ हजार ६३८ रकम राजस्व संकलन भएको छ ।

सगरमाथा आरोहण सकेर धमाधम आरोही फर्कने क्रममा छन् । आरोही फुर्वा तेञ्जिङ शेर्पाका अनुसार अहिले आधार शिविरभन्दा माथि कोही पनि आरोही छैनन् । आरोहण सकेर घर फर्कन आधार शिविर र त्यसभन्दा तलतिर अनुकूल मौसमको खर्पाइमा छन् । बाक्लो हुस्सुले हेलिकप्टर पुग्न नसकेका कारण उनीहरुलाई फर्कन कठिनाइ भएको छ ।

आधार शिविरभन्दा तल गोरखसेपमा रहेकी आरोही पत्रकार रोशा बस्नेतले आफ्नो आरोहण सफल रहेको र सकुशल आधार शिविर ओर्लिएको बताए ।

आइतबार आधार शिविर झरे पनि हेलिकप्टर नआएकाले काठमाडौं फर्कने पर्खाइमा रहेको उनको भनाइ थियो ।

सगरमाथा आरोहण सहज

मौसमले साथ दिएका कारण विगतमा भन्दा यस वर्ष सगरमाथा आरोहणमा सहज भएको छ । आरोही फुर्वाले मौसम राम्रो भएकाले नै योपटक आरोहण सहज भएको बताए । योपटक सगरमाथामा बाक्लो हिउँ भएकाले पनि आरोहणलाई सहज बनाएको उनको भनाइ थियो ।

यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणका क्रममा तीनजनाको मृत्यु भयो भने एकजना बेपत्ता रहे ।

सम्पर्क अधिकृत श्रेष्ठले अघिल्ला वर्षको आरोहणमा भन्दा यो वर्ष कम क्षति भएको बताए ।