२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सूचना प्रविधिको उपयोग गरेर सुशासन, विकास र समृद्धिलाई तीव्रता दिन प्रधानमन्त्रीको आग्रह

अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिको उपयोग गरेर सुशासन, विकास र समृद्धिलाई तीव्रता दिनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय सूचना प्रविधि युवा सम्मेलन, २०२५ लाई भर्चुअलरुपमा आज सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सूचना प्रविधिको उपयोग अनिवार्य भएको बताए । 

उनले आफ्नो पहिलो प्रधानमन्त्रीको कार्यकालमा सिंगो मुलुकलाई प्रविधिमैत्री तुल्याउन डिजिटल नेपालको फ्रेमवर्क तयार गरेको र अहिले त्यसलाई कार्यान्वयनको काम भइरहेको बताउँदै हालै आर्टिफिसियल इन्टेलिजेन्ट्स (एआइ) सम्बन्धी नीति ल्याएको उल्लेख गरे । साथै उनले कानुनमा संशोधनमार्फत नेपालमै बसेर सूचना र प्रविधिका क्षेत्रमा विदेशमा कम्पनी खोल्न सकिने व्यवस्था गरिएको पनि उनले स्मरण गरे।

“हामी देश, समाज र सिंगै मानव जातिलाई अझ उन्नत र परिस्कृत बनाउन सूचना प्रविधिको उपयोग गर्नुपर्छ । सुशासन कायम र भ्रष्टाचार नियन्त्रणमा यसलाई प्रयोग गर्दै विकासमा व्यापकता, सामाजिक सद्भाव र नवीनताका लागि सहयोग लिन आग्रह गर्दछु ।’’, प्रधानमन्त्री ओलीले भने, “हामीले गत वर्षको एसइईमा अनलाइन कक्षाका माध्यमबाट १४ प्रतिशतसम्म नतिजामा सुधार ल्याउन सकेका छौँ । यस्तै स्वास्थ्य र अन्य क्षेत्रमा पनि सूचना प्रविधिको उपयोग गर्दै आएका छौँ । यसको दुरुपयोगबाट हुने कमीकमजोरी र विकृतिप्रति हामी सजग हुनुपर्छ ।’’

प्रधानमन्त्री ओलीले सरकार प्रेस तथा अभिव्यक्तिका पक्षमा रहेको स्पष्ट गर्दै समाजलाई हानी पुग्ने खालका सूचना सम्प्रेषण भने गर्न नहुने बताएका छन्।