काठमाडौँ । नापी कार्यालयका एक कर्मचारी घुससहित पक्राउ परेका छन् ।
काठमाडौँको चन्द्रागिरि नगरपालिका-१३ मा रहेको जग्गाको नयाँ पुर्जा बनाउन घुस मागेको आरोपमा नापी कार्यालय कलंकीका कर्मचारी पक्राउ परेका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले सेवाग्राहीसँग रु. १३ हजार घुस लिएको अवस्थामा कार्यालय सहयोगी एकेन्द्र कुँवरलाई सोमबार नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार सो प्रकरणमा कार्यालय प्रमुख र सर्भेक्षकको समेत मोबाइल उपकरण नियन्त्रणमा लिइएको छ। थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।







