काठमाडौँ । नेप्से परिसूचक दुई अंक बढीले वृद्धि भएको छ। आज प्रि-ओपन सेसनमा नेप्से परिसूचक २.३५ अंकले बढेको हो।
यो समयमा ४८ स्क्रिप्सको ५८ हजार ८७२ कित्ता सेयर ४ करोड ७५ लाख २४ हजार २३८ रुपैयाँमा खरिदबिक्री भएको छ । कारोबारमा आएकामध्ये २३ वटा स्टक्सको मूल्य बढ्दा २४ वटा घटेको छ।







