२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

के मलेसिया नेपाली श्रमिकका लागि सही गन्तव्य हो ?

अ+ अ-

रोजगारको सिर्जना नेपालका लागि प्रमुख चुनौतीको विषय बनेको छ जसका कारण लाखौँको संख्यामा वर्षेनी नेपालबाट र हजारौँको संख्यामा दिनहुँ नेपाली युवाहरू बिदेसिएका छन् । विभिन्न अध्ययनले देखाए अनुसार वि.सं २०५० देखि २०८१ सम्म ६.८ मिलियन नेपालीहरूले वैदेशिक रोजगारीको श्रम स्वीकृति पाएका छन् । यसका अतिरिक्त १.५-१.७ मिलियन नेपालीहरू भारतमा अनौपचारिक रूपमा काम गरिरहेका छन् भन्ने अनुमान छ । अन्तर्राष्ट्रिय श्रम संगठनले जनाए अनुसार २०२१ को जनगणनामा लगभग २.१-२.२ मिलियन नेपालीहरू स्थायी रूपमा विदेशमा बसोबास गरेको पाइएका थिए । त्यसो त नेपालको जनसङ्ख्या नै सानो छ । उत्पादनशील युवा हरेक दिन विदेश पलायन हुँदा यहाँको जनसङ्ख्या रित्तिएर यो मुलुक एउटा खण्डहर भूमि हुने वा विदेशीको प्रवेशले नेपाली पहिचान हराउने हो कि जस्तो लाग्छ । संसारका धेरै देशको अध्ययनबाट के पनि पत्ता लगाउन सकिन्छ भने त्यस देशमा वस्तु उत्पादन हुन सकेन भने सेवा उत्पादन गरेर पनि मुलुक र मुलुकवासीलाई समृद्ध बनाउन सकिन्छ । यसको एसियाली उदाहरण सिंगापुर हो । तर यसका लागि देशवासीहरू समर्पित रूपमा लाग्नु पर्दछ । विदेशीले यो काम यहाँ आएर गरिदिने होइन । मानिसको एक स्तर माथिको नागरिकीय उपस्थिति भने अनिवार्य छ  । यस पटक मलेसिया भ्रमणका क्रममा नेपाली राजदूतावास, मलेसियन नागरिक र नेपाली श्रमिकसँग भएका छलफलका आधारमा प्राप्त जानकारीमूलक तथ्यका आधारमा पाठक वर्गलाई धारणा बनाउन सजिलो होस् भन्ने अभिप्रायले बुँदागत रूपमा यो सामग्री पस्किएको छ ।

१. नेपालको ठूलो श्रम गन्तव्य भनेर मानिएको मुलुक मलेसियामा करिव ४ लाख नेपाली श्रमिक यहाँ स्थित नेपाली राजदूतावासको जानकारीमा छन् र लगभग २५,००० गैह्र कानुनी तरिकाले बसेको अनुमान छ । पूर्वी मलेसियाको काखमा अवस्थित सानो दक्षिण पूर्वी एसियन मुलुक – ब्रुनाइको जनसङ्ख्या ४ लाख ९१ हजार नौ सय मात्र छ । ब्रुनाइमा पनि लगभग २०० जना नेपाली सुरक्षा गार्ड न्यून पारिश्रमिक मै कार्यरत छन् ।

२. मलेसियामा अधिकांश नेपाली श्रमिकहरू सुरक्षा गार्ड, सपिङ सेन्टर, पाम ओइल, उद्योग र कृषिमा कार्यरत छन् भने थोरैले मात्र रेस्टुरेन्ट, म्यानपावर र ट्राभल एजेन्सी लगायतका साना व्यवसाय चलाएका छन् । यसरी खोलिएका रेस्टुरेन्ट, म्यानपावर र ट्राभल एजेन्सीका ग्राहक नेपाली श्रमिक नै हुन् । बिबिसीले जनाए अनुसार नेपाली श्रमिकहरू उत्पादन क्षेत्रमा सबैभन्दा धेरै ६२ प्रतिशत, सुरक्षा गार्डसहितका सेवामूलक क्षेत्रमा ३० प्रतिशत, कृषि क्षेत्रमा चार प्रतिशत, निर्माण क्षेत्रमा तीन प्रतिशत र बागवानीमा एक प्रतिशत कार्यरत छन्।

३. मलेसियामा नेपाली श्रमिक ठगिनु सामान्य भइ सकेको छ । एउटा चलाख नेपाली श्रमिकले अर्को कम सचेत नेपाली श्रमिकलाई ठग्नु पनि स्वाभाविक भैसकेको रहेछ ।

४. मलेसियामा मलेसियन र नेपाली नागरिक बाहेक अरूले कानुनीरुपमा सेक्युरिटी गार्डको काम गर्न पाउँदैनन् । नेपालीले मलेसियामा स्थानीय पछि दोस्रो स्थानमा सुरक्षा गार्डमा काम पाउनुमा इतिहासमा गोर्खा सैनिकले मलयामा ब्रिटिस साम्राज्यको विस्तारका क्रममा बहादुरी र इमान्दारितापूर्वक प्रदर्शन गरेको साख र आजका दिनमा नेपाली श्रमिकले कुनै दिन बिदा नलिएर, आफ्नो देश, घर परिवार र आफ्नो व्यक्तिगत स्वास्थ्यको प्रवाह नगरीकन हप्तामा सातै दिन १२ घण्टका दरले ड्युटी गर्नाले पाएको हो ।

५. महिनामा ४० जना नेपाली श्रमिकको असामयिक मृत्यु हुने गरेको छ । मृत्युको कारणहरूमा मानसिक रोगका कारण आत्महत्या गर्नु, मादक पदार्थ खाएर बाटो काट्दा सडक दुर्घटना हुनु, निरन्तर एसी जडित क्षेत्रमा काम गर्दा निमोनिया हुनु, कुपोषणका कारण क्षयरोग हुनु र उपचार नपाउनु र हृदयघात हुनु प्रमुख हुन् ।

६. विदेशमा नेपाली श्रमिकले जति जति रोजगार प्रदायकबाट पिडा पाउँछन् त्यति नै नेपाली शासकलाई गाली गर्दा रहेछन् । उताको रिस यता आउने क्रममा उनीहरूकै घर परिवारले पनि यसको हिस्सा भेट्ने रहेछन् ।

७. यहाँको राजदूतावासलाई कूटनीतिक काम गरेर दुई वा बहुपक्षीय सम्बन्ध र विकासका क्षेत्रमा काम गर्नु भन्दा पनि आफ्ना श्रमिकको लास नेपाल पुर्‍याउने काममा अहोरात्र खटिनु परेको अवस्था छ ।

८. मलेसियामा श्रमिकलाई कानुनले दैनिक ८ घण्टा भन्दा बढी समय काममा लगाउन नपाइने व्यवस्था गरेको भएता पनि  दैनिक १२ घण्टा काममा लगाउने गरिएको पाइन्छ । बढी समय काममा लगाइएकोमा थप पारिश्रमिक दिइने होइन । यहाँ नेपाली श्रमिकको चरम शोषण छ । विडम्बना म यहाँ ठगिएको छु भन्ने थाहा नै नपाउनेको संख्या पनि ठुलै छ अर्थात् नेपाली श्रमिकको ठूलो हिस्सामा आफू र वरपरको वातावरण प्रतिको सचेतनामा कमी छ ।  

९. कडा इस्लामिक कानुनका कारण आफ्ना कुरा राख्ने र सुनुवाइ हुने अवस्था पनि छैन ।

१०. एक महिनाको एक जना सुरक्षा गार्डको तलब सरदर नेपाली ६० हजार रुपैयाँ बराबर रहेको, जसबाट खाना र दैनिक उपभोग्य वस्तु आफैँले खरिद गर्नु पर्ने र लगभग १५ जनालाई एउटा बस्ने कोठा दिने गरेको पाइयो । शिक्षा र सिप विकासका केही अवसर नपाएका हाम्रा श्रमिकले नेपाली रुपैयाँ महिनाको ४० हजार सम्म बचत गर्न सक्नु आफ्नो लागि ठुलै उपलब्धि मानिँदो रहेछ ।

११. दैनिक वैवाहिक सम्बन्ध विच्छेदका लागि ४ जनाका दरले राजदूतावास आउने गरेका रहेछन् । लामो समय सम्म घर नगई मलेसियामा बस्दा नेपालमा रहेको पार्टनरले मलेसिया बस्ने पार्टनरलाई छोडेर हिँड्ने वा यताबाट पठाएको पैसा दुरुपयोग गर्ने गरेको भन्ने रिपोर्टिङ हुने गरेको रहेछ ।

१२. केही नेपाली युवाले बिदेसी केटीसँग विवाह गरेका तर नेपाली केटाले विवाह गरेकी केटीलाई छाड्ने सम्भावना धेरै भएको तथ्य रेकर्ड भएको पाइयो ।

१३. यस देशमा विदेशी कामदारले म्याद थप गर्दै कानुनी रूपमा १३ वर्ष सम्म मात्र काम गर्न पाउने भएता पनि केही नेपालीहरू गैह्र कानुनी रूपमा लुकेर बसेको अवस्था पनि रहेको पाइयो । वैदेशिक रोजगारीका लागि त्यहाँ मूलतः २५ देखि ३५ वर्ष उमेर समूहका नेपालीहरू पुग्ने गरेका छन्।

१४. अपराधिक गतिविधि गरेको र अध्यागमन कानुन नमानेका कारण लगभग ३०० जना नेपाली हाल मलेसियाको जेलमा छन् । जेल भित्रै मर्नेको कुनै हिसाब छैन ।

१५. नेपाली श्रमिकले स्थानीय भाषा नबुझ्नु, अन्य देशका कामदारको चङ्गुलमा परी ठगिनु र अरूले उचालेको केसमा फस्नुका कारण होहल्ला र मारपिटको चपेटामा परेका पाइए । आफूले नगरेको गल्तीका कारण पनि दोष लाग्ने गरेको र सो को सजाय भोगी रहेको पाइयो ।

१६.  खानामा सन्तुलन नमिल्ने, व्यायाम नहुने, मधुमेह रोग लाग्ने, उपचार गर्न नपाउने, घर जान छुट्टी नपाउने, कार्य थलोमा मरणासन्न हुन्जेल काममा लगाउने र मर्न लागेपछि साहुले दूतावासमा ल्याएर छाड्ने गरेको समेत थाहा भयो ।  

१७.  गत वर्ष मलेसिया सरकारले आम माफी दिएर घर फर्कन आदेश दिँदा  ११ हजार  नेपालीले आवेदन गरेकोमा ९ हजार जना फर्कँदा केहीलाई उद्धार कोष मार्फत नेपाल सरकारले खर्च व्यहोरेर नेपाल फर्काएको थियो भने बाँकी फेरी फरार भएको जानकारी पाइयो ।

१८.  नेपाली राजदूतावासमा श्रमिक नेपालीहरू काम पर्दा मात्र आउने हुन् । उनीहरूलाई सडक, अपार्टमेन्ट, पसल, कारखाना जताततै देख्न सकिन्छ । उनीहरूका बिचमा नेपाली भाषा गुन्जिरहेको सुनेर चिन्न सकिन्छ । १२ घण्टाको कठोर ड्युटी सकेर थाकेर रक्सी पिउँदा एक पेगमै तिरिमिरी भएर हिँडेको समेत देख्न सकिन्छ ।

१९.  जुनसुकै वैदेशिक रोजगारीका विषयमा नेपालमा  यस प्रकारका भ्रम छन् । ( क ) घरमा त्यतिकै समय बिताउनु भन्दा त थोरै पारिश्रमिक भए पनि विदेश गएको राम्रो भन्ने भ्रम घर परिवारमा रहेको । (ख) समाजमा विकृति फैलाएर र दुर्व्यवहार गरेर बस्नु भन्दा त विदेशमा श्रम गरेर जीवन व्यथित गरेकै राम्रो भन्ने भनाइ समाजको रहेको (ग) यहाँ होहल्ला गरेर बस्नु भन्दा त विदेश गएर श्रममा जोडिँदा नेपालमा रिमिट्यन्स त आउँछ भन्ने भनाइ सत्तामा बस्नेहरू र राजनीतिकर्मीहरूको रहेको । (ग) नेपालमा अरू उत्पादन छैन त्यही रेमिट्यान्स आएन भने यहाँ बस्ने अरूलाई पनि बाँच्न कठिन हुन्छ भन्ने भनाइ सरकारी संयन्त्रमा रोजगार हुनेहरूको छ ।

२०.  वैदेशिक रोजगारले गाउँ विस्थापित भएका छन् । जग्गा बाझिएका छन् । वन्यजन्तुले मानिसलाई विस्थापित गरेको छ । उत्पादनमा ह्रास आएको छ । सहरी जनजीवन अस्तव्यस्त हुने गरी बढेको छ । परिवार विघटन भएको छ । बालबालिकाहरूको बिचल्ली भएको छ । वृद्धावस्थामा पाउने हेरचाहमा गिरावट भएको छ । स्थानीय उत्पादन त्यागेर बिदेसी उत्पादनलाई प्रोत्साहन गरिएको छ ।

२१.  वैदेशिक रोजगारीमा जानै ठूलो सङ्ख्याका युवाको शैक्षिक योग्यता कमजोर छ । काम चलाउ मातृभाषा बाहेक अन्य भाषाको जानकारी छैन । हातमा कुनै प्रकारको सिप छैन । एउटै काम अरू देशका नागरिकले गर्दा धेरै र नेपाली युवाले गर्दा थोरै पारिश्रमिक पाउँछन् ।

२२.  मलेसियामा भन्दा खाडी मुलुकमा नेपाली युवाको अवस्था झन् दर्दनाक छ । हामीले रेमीट्यान्सको आशामा यसरी कम सचेत युवालाई विदेशमा कहिले सम्म पठाउने ? यस्ता आत्मघाती श्रम सम्झौता किन गर्ने ?

२३.  यस्ता मुलुकबाट ऊर्जाशील उमेरमा अर्काको देश बनाउन जीवन बिताउने र शरीरमा तागत सकिएपछि वा रोगले ग्रस्त भएर न हातमा सिप न पुँजी लिएर रित्तो हात नेपाल फर्कँदाको अवस्थालाई कसरी व्याख्या गर्ने ?

२४.  नेपालमा रेमीट्यान्स पठाउने मुलुकको त यो दशा छ भने युरोप, अमेरिका र अस्ट्रेलिया जाने युवाले त झन् नेपालमा आफू पनि नफर्कने र त्यताको पैसा नपठाई नेपालको पैसा चाहिँ लैजाने गरेका छन् । नेपालका उच्चपदस्थ देखी मध्यम वर्ग र निम्न वर्ग सबैको गन्तव्य विदेश हुने गरेको छ । यो देशको माया अब कसले गर्ने ?

२५.  यसरी बिदेसिएका युवाको अवस्थाका बारेमा नेपालमा भएका युवालाई कसले जानकारी गराउने?

२६.  निजी विद्यालय म्यानपावर कम्पनी सरह बनेका छन् यस्तो अवस्थामा हाम्रो विद्यालय तहको पाठ्यक्रमको कुन खण्डमा के हुनु पर्ने सोच्ने बेला आएको छ ।

* हालसालै गरिएको मलेसियाको भ्रमणका क्रममा नेपाली राजदूतावासको भ्रमण र त्यहाँस्थित नेपाली श्रमिक र स्थानीय रोजगारदातासँगको छलफलका क्रममा प्राप्त जानकारीका आधारमा लेखिएको ।