२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वोच्च अदालतका तीन न्यायाधीश सम्मानित

अ+ अ-

काठमाडौँ । दोलखा कानुन व्यवसायी समाजले त्यहाँ घर भई सर्वोच्च अदालतको न्यायाधीश पदमा रहेर सेवा निवृत्त भएका र कार्यरत तीन जना न्यायाधीशलाई सम्मान गरेको छ ।

भीमेश्वर नगरपालिका बोच घर भई सर्वोच्च अदालतका पूर्वन्यायाधीश भएर काम गरिसकेका बलराम केसी, तामाकोसी गाउँपालिका-६ च्यामा पुर्खौली घर भई सर्वोच्च अदालतमा कार्यरत न्यायाधीश हरिप्रसाद फुयाँल र जफे घर भई सर्वोच्च अदालतमा नवनियुक्त न्यायाधीश मेघराज पोखरेललाई समाजले आज यहाँ आयोजित एक कार्यक्रममा सम्मान गरेको हो ।

पूर्वन्यायाधीश केसीले आफूले काम गर्दा न्यायालयको सुधार गर्दै न्यायसम्पादन प्रभावकारी रूपमा गरेको उल्लेख गर्दै संवैधानिक इजलासमा विज्ञताको आधारमा न्यायाधीश राख्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए । न्यायाधीश फुँयालले आफूप्रतिको विश्वास कायम राख्दै प्रतिष्ठामा आँच नआउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । न्यायाधीश पोखरेलले सर्वोच्च अदालतमा काम गर्ने चुनौतीपूर्ण जिम्मेवारी आएको बताउँदै यसप्रति जिम्मेवार भएर आफूले सकेसम्म उल्लेख्य काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधान, वरिष्ठ  अधिवक्ताहरू लक्ष्मीप्रसाद उप्रेती, सुभद्रा सिटौला, अधिवक्ता प्रवीण प्रधानलगायतले न्यायालयको नेतृत्वमा रहेर काम गर्ने दोलखालीलाई राम्रो अवसर मिल्नु गर्वको विषय भएको बताउँदै पीडितलाई न्याय पर्ने गरी काम गर्ने विश्वास व्यक्त गरेका थिए ।

समाजका उपाध्यक्ष सहदेव पाण्डेले दोलखा जिल्लामा घर भई विभिन्न ठाउँमा रहेर कानुनको क्षेत्रमा काम गर्ने व्यक्तिलाई एकीकृत गरी सकारात्मक काम गर्न प्रोत्साहन गर्ने उद्देश्यले संस्थाको स्थापना गरिएको जानकारी दिए।