२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धवलशमशेर राणाले भने-‘पर्यवेक्षकहरू एकलौटी तोकियो, अमान्य छ’

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशमशेर राणाले तल्लो तहमा अधिवेशन गराउन केन्द्रीय तहबाट तय गरिएका पर्यवेक्षक एकलौटी तरिकाले गरिएको जनाएका छन् ।

जिल्ला तहको अधिवेशनका लागि केन्द्रीय पर्यवेक्षकहरू खटाउने र नामावली सल्लाह बमोजिम तय गर्ने सैद्धान्तिक सहमति भएको तर पार्टीमा यो निर्णय लागू गर्न कार्यसम्पादन समितिमा कुनै छलफल नभएको राणाले उल्लेख गरेका छन् ।

राप्रपाले चारदिन अघि तल्लो तहको अधिवेशनका लागि पर्यवेक्षकहरू छनोट गरेको सार्वजनिक गरेको थियो । कार्यसम्पादन समितिको निर्णय अनुसार नामहरू सार्वजनिक गरिएको सूचनामा जनाइएको थियो ।

‘सल्लाह नगरी एकलौटी किसिमले नामहरू तोकिएको छ जो हाल भइरहेको ज्यादतीको पछिल्लो उदाहरण हो । अधिवेशनका लागि पर्यवेक्षण गर्न पठाउने प्रतिनिधिहरू सर्वसम्मत रूपमा समझदारी गरेर पठाउनु पर्ने हो । तर, यो अवधारणालाई उपेक्षा गरी एकलौटी ढंगले तोकेर पठाउनु गलत र अमान्य छ,’ महामन्त्री राणाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई लेखेको पत्रमा उल्लेख छ ।

जिल्ला अधिवेशनको समय सीमा तोकिएको र स्थानीय तहको कुनै पनि पदमा मनोनयन नगर्न केन्द्रीय निर्वाचन समितिले ७७ जिल्लामा परिपत्र जारी गरेको राणाले स्मरण गराएका छन् ।

स्वेच्छाचारी रूपमा पार्टी नेताहरूलाई कारबाही र निष्कासन गरिनु दुःखद भएको राणाले उल्लेख गरेका छन् । पार्टीभित्र सहमति, असहमतिका विषयमा संवाद एवं शान्तिपूर्ण निकासको खोजी हुनु पर्नेमा आक्रमणहरू हुने गरेको पत्रमा लेखेका छन् ।

प्रदेशसभा उम्मेदवार राजु गैरेलाई पार्टी अध्यक्षका स्वकीय सचिव छत्र खडायतले भौतिक आक्रमण गर्नु दुखद र निन्दनीय भएको राणाले लेखेका छन् ।