२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभामुख घिमिरेले भने-‘सभामुखहरूको विश्व सम्मेलनमा नेपालको सहभागिता उपलब्धिमूलक’

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा नेपालको सहभागिता उपलब्धिपूर्ण रहेको बताएका छन्।

जेनेभा, स्विट्जरल्याण्डमा भएको संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा भाग लिइ स्वदेश फर्किएपछि आइतबार त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सभामुख घिमिरेले सम्मेलनका क्रममा भएको छलफलका बारेमा जानकारी दिँदै नेपालको सहभागिता उपलब्धिपूर्ण रहेको बताएका हुन्।

उनले सम्मेलनमा डिजिटल क्षेत्रमा भइरहेका प्रगतिले पार्न सक्ने प्रभावका बारेमा छलफल भएको जानकारी दिए । आधुनिक प्रविधिले संसद्लाई पारदर्शी र प्रभावकारी बनाउन खलेको भूमिकाका बारेमा आफूले धारणा राखेको भन्दै सभामुख घिमिरेले अबको युगमा संसद्लाई केवल कानुन निर्माणका थलो मात्रै नभए प्रविधिमैत्री, जनसंवादमुखी र डिजिटल भविष्य निर्माणका नेतृत्वकर्ता हुनुपर्नेमा जोड दिएको बताए।

सम्मेलनका क्रममा विश्व राजनीतिमा देखा परेका द्वन्द्व र असमानतालाई समाधान गर्नुपर्नेमा सबै सहभागीले जोड दिएको उनको भनाइ छ । त्यस्तै उनले विभिन्न मुलुकबाट आएका संसद्का प्रमुखहरूसँग नेपालले गर्न सक्ने साझेदारीका विषयमा छलफल भएको जानकारी दिए।

सभामुख घिमिरेले आगामी जनवरी ३० र ३१ मा काठमाडौँमा हुने जलवायुसम्बन्धी सम्मेलनका विषयमा अन्तर व्यवस्थापिका संघका प्रमुखसँग परामर्श भएको उल्लेख गरे । अन्तर व्यवस्थापिका संघ र संयुक्त राष्ट्रसंघद्वारा संयुक्त रूपमा आयोजित सम्मेलनका क्रममा सभामुख घिमिरेले ‘हाम्रो डिजिटल भविष्य निर्माणमा सांसदहरूको भूमिका के हुनसक्छ ?’ शीर्षकको प्यानल डिस्कसनमा धारणा राखेका थिए।