२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

८१ वर्षीया कालमायाले बल्ल पाइन् नागरिकता

अ+ अ-

गाईघाट (उदयपुर) । उदयपुरको चौदण्डी गढी नगरपालिका–१ की ८१ वर्षीया वृद्धाले नागरिकता प्रमाणपत्र प्राप्त गरेकी छन् । कालमाया राईलाई शुक्रबार नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।

चौदण्डी गढी नगरपालिका–१ का वडाध्यक्ष लुङगराज राईको रोहबरमा वृद्धा राईले नागरिकताप्राप्त गरेको वडाध्यक्ष राईले जानकारी दिए ।

खोटाङको जन्तेढुङ्गा गाउँपालिका जन्मघर भएको वृद्धा राईको चौदण्डी गढी–१ मा विवाह भएर आएपछि पनि नागरिकता प्रमाणपत्र लिन ढिलाइ गरेको र १५ वर्षअघि नै श्रीमान्को मृत्यु भएपछि वृद्धालाई नागरिकता लिन झनै समस्या रहँदै आएको थियो ।

बूढेसकालमा नागरिकताविहीन वृद्धलाई सामाजिक सुरक्षा भत्ता र राज्यबाट प्राप्त हुने अन्य सेवासुविधाबाट समेत वञ्चित हुनुपरेकाले वडाध्यक्षको रोहबरमा नागरिकता दिलाइएको हो ।

वृद्धा राईले यसअघि देखिनै नागरिकता लिने प्रयास गरेको भए आफन्त कसैले चासो नदिएको र ज्ञानको अभावबाट नागरिकता प्रमाणपत्रबाट वञ्चित हुँदै आएकी थिइन् । 

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले चौनपा–१ का वडा प्रतिनिधिहरुको रोहबरमा वृद्धा राईले नागरिकता लिएको र अब सामाजिक सुरक्षा भत्ता र राष्ट्रिय परिचयपत्रको व्यवस्था गर्न पहल गरिएको प्रजिअ बताए ।

वास्तविक नेपाली नागरिक भएर नागरिकता प्रमाणपत्रबाट वञ्चित हुनु दु:खद् भएको प्रजिअ लुइँटेलले बताए । वृद्धा राईको तीन भाइ, दुई सन्तान रहेको चौनपा–१ का वडाध्यक्ष राईले जानकारी दिए ।