घूस लिँदालिँदै शिक्षा अधिकारी पक्राउ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

घूस लिँदालिँदै शिक्षा अधिकारी पक्राउ


९ जेष्ठ २०७५, बुधबार


सुनसरी । जिल्ला शिक्षा अधिकारी खगेन्द्रप्रसाद सुवेदी घुस लिँदालिँदै पक्राउ परेका छन् ।

उनी ५० हजार रूपैयाँ घुस लिँदै गर्दा बुधबार पक्राउ परेका हुन् । भण्टाबारीस्थित आधारभूत विद्यालयको ट्वाइलेट र पर्खाल निर्माण लगायतको योजना पारिदिने भन्दै उनले घुस रकम मागेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले सुवेदीलाई घूस रकमसहित रंगेहात पक्राउ गरेको प्रवक्ता रमेशराज दंगालले जानकारी दिए । उनका अनुसार सुवेदीलाई उनकै सरकारी निवासबाट पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस