२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई सिडिओसहित चार सहसचिवको सरुवा

अ+ अ-

काठमाडौं । गृह मन्त्रालयले दुई प्रमुख जिल्ला अधिकारी (सिडिओ)सहित चार सहसचिवको सरुवा गरेको छ।

प्रशासन सिंहदरवार विशेष स्रोतले दिएको जानकारीअनुसार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापालाई मन्त्रालयमा तानिएको छ। उनीहरूको स्थानमा मन्त्रालयमै कार्यरत सहसचिव टोकराज पाण्डेलाई रुपन्देही र बन्धु बास्तोलालाई सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ।

यस सरुवालाई गृह प्रशासनको नियमित प्रक्रिया भनिए पनि स्रोतका अनुसार केही प्रशासनिक प्राथमिकता र जिल्लामा देखिएको आवश्यकतालाई ध्यानमा राखेर निर्णय गरिएको हो।

यसअघि रुपन्देही र सिन्धुपाल्चोक दुवै जिल्ला प्रशासनिक दृष्टिले संवेदनशील मानिँदै आएका छन्। यस्तो अवस्थामा अनुभवी सहसचिवलाई जिल्लाको जिम्मेवारी दिनु गृह मन्त्रालयको रणनीतिक निर्णयका रूपमा हेरिएको छ।

सरुवापछि अब घिमिरे र थापा मन्त्रालयमा कुन विभागमा जिम्मेवारी सम्हाल्ने भन्नेबारे अझै स्पष्ट निर्णय सार्वजनिक भइसकेको छैन। गृह मन्त्रालय स्रोतका अनुसार केही दिनभित्रै आन्तरिक व्यवस्थापनसहित जिम्मेवारी तोक्ने तयारी भइरहेको छ।