२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री ओलीको जिकिर : ‘संयुक्त सरकारले विकासको लहर ल्याएको छ’

अ+ अ-

जलेश्वर । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले देशमा विकासको लहर ल्याएको बताएका छन् । 

महोत्तरी जिल्लाको मटिहानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली काँग्रेस र नेकपा (एमाले)जस्ता मुलुकका दुई ठूला राजनीतिक पार्टी मिलेर बनेको वर्तमान सरकार विकास र सुशासनका पक्षमा अहोरात्र खटेको बताए ।

उनले एमाले, काँग्रेस, लोसपा, जनमतसहितको वर्तमान संयुक्त सरकारले स्पष्ट नीति तथा कार्यक्रमसहित देशको तराई-मधेस, पहाड, हिमाल सबै क्षेत्रलाई समेटेर विकास निर्माणसहित देश र जनताका पक्षमा काम गरिरहेको स्पष्ट पारे । 

प्रधानमन्त्री ओलीले राजनीतिक स्थिरतासहित विकास र सुशासनका लागि बनेको वर्तमान सरकारले शिक्षा, स्वास्थ्य, सडकलगायत आमजनतासँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रलाई विशेष प्राथमिकता दिएसँगै विकास निर्माणका काम द्रुतगतिमा अघि बढी उल्लेखनीय उपलब्धि हासिल भएको बताए ।    

एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आगामी निर्वाचनसम्म दुई ठूला राजनीतिक दल सम्मिलित सरकारको विकल्प नरहेको स्पष्ट पारे। 

उनले महोत्तरीको मटिहानीको विग्ही नदीमा बनेको पुल उद्घाटन भएसँगै यस क्षेत्रका जनतालाई जनकपुरसँग जोड्न तथा स्थानीय व्यापार व्यवसाय, उद्योग, कलकारखाना, शिक्षा, स्वास्थ्य सबै क्षेत्र लाभान्वित हुने विश्वास व्यक्त गरे।

यसैगरी, मटिहानीको वडा नं ६ मा निर्मित प्रसूति गृहबाट यस क्षेत्रका गर्भवतीले प्रसूति सेवा पाउने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, “प्रसूति गृह उद्घाटन भइसकेकाले अब मटिहानीसहित आसपासका गर्भवती तथा नवजात शिशुले उपचारको अभावमा मृत्युवरण गर्नुपर्ने छैन ।” 

कार्यक्रममा लोसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत्सिंह भण्डारी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललगायतले मधेस प्रदेशमा रहेको पानीको समस्या दिगो रूपमा समाधान गर्न संयुक्त प्रयास हुनुपर्नेमा जोड दिए ।

उनीहरूले तीनै तहको सरकार, राजनीतिक पार्टी, नागरिक समाज र स्थानीय जनताको समेत साथ, सहयोग र समन्वयमा मधेस प्रदेशका समग्र समस्या समाधानका पक्षमा आआफ्नो ठाउँबाट सक्दो भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।