काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
बुधबार आयोगले महोत्तरीको एकडारा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको हो ।
सिंहसहितका अन्य प्रतिवादीहरू रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।








