२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रश्न सोध्ने सांसदलाई प्रधानमन्त्रीको प्रतिप्रश्न ‘विकास निर्माणको काम स्वस्थानीको कथाजस्तो हो र ?’

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको भोलि कुनै पनि विकासका निर्माण सम्पन्न नहुने बताएका छन्।

प्रतिनिधि सभामा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले सोधेको प्रश्नको जवाफ दिँदै उनले विकास निर्माणको काम स्वस्थानीको कथाजस्तो नभएको बताए।

सांसद चौधरीले पर्वतको कुश्मामा रेलवे स्टेसन कहिले बन्ने, त्यहाँका जनताहरू स्टेसन बन्ने आशामा रहेको भनेर प्रश्न गरेपछि प्रधानमन्त्री ओलीले उक्त जवाफ दिएका हुन्।

‘रेलवे स्टेसन बेलुका भनेर रातभरिमा बिहानसम्म तयार हुने हो र ? यो स्वस्थानी कथाको शिवजीले यसो पार्वतीलाई देखाएको महल हो र, ’उनले प्रतिप्रश्न गरे।

उनले विकास निर्माणको कामको आफ्नै प्रक्रिया हुने भएकाले ढिलो चाँडो हुने स्पष्ट पारे। जनकपुरमा चलिरहेको रेल चलाउँछु भन्दा पनि यस्तै व्यंग्य गर्ने गरेको उनले बताए। तर, व्यंग्य गर्नेहरूले नै अहिले त्यसको जस लिने गरेको प्रधानमन्त्रीको भनाइ छ।

‘नेपालमा रेल ल्याउन सम्भव छ भनेर, फेरि पटरी बिछ्याएर, रेल किनेर ल्याएर, जनकपुरमा चलाउन लगाइएको छ। चल्दैन, चल्दैन भनेर गफ गर्नेहरू पनि थिए। माननीय ज्यु त्यतिबेला हुनुहुन्थेन होला। थिए भने त्यतिबेला पनि यी प्रश्न सोधिएका थिए होला। व्यंग्य गर्ने माननीयहरूले पछि त्यसको जस लिन थाले, ’उनले भने।

उनले विकास आजको लागि नभएर पछिसम्मका लागि हुने भएकाले धैर्यता अपनाउनुपर्ने बताए। उनले कीर्तिपुरस्थित क्रिकेट रंगशालाका विषयमा पनि जवाफ दिए। उनले रंगशाला बनाउन ३०० दिनको समय तोकिए पनि खरिद प्रक्रिया लगायतका काम गर्दा आधा समय त्यसै गएको बताए। त्यसका बाबजुद रंगशाला अन्तिम चरणमा रहेको उनको भनाइ छ।

‘रंगशाला त बन्दैछ त। यसमा खुसी हुनु छैन। दुई दिन किन नाघ्यो ? दुई दिन नाघ्छ। काम गरेकोमा जस दिन कहिले कहिले सिक्दा हुन्थ्यो। मानसिकता अलिकति सकारात्मक बनाउँदा हुन्थ्यो, ’उनले भने।