काठमाडौँ । दुई केजी सुनसहित ठमेलबाट दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई केजी सुन र २४ लाख नगदसहित ज्याठास्थित चिनियाँ नामको होटेलबाट सोमबार साँझ उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन् ।
हाल पक्राउ परी उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







