२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले केन्द्रीय कमिटी बैठकमा ४२ जनाले राखे धारणा

अ+ अ-

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ । 

बैठकमा पार्टीका उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदनमाथि छलफल चलिरहेको छ ।

अहिलेसम्म ४२ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार गण्डकी प्रदेश, मधेश प्रदेश, सम्पर्क मञ्च कार्यक्षेत्र भएका सदस्य, कामको विशेष क्षेत्र भएका सदस्यहरूले धारणा राखेको उनले बताए ।

अन्य सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।

‘प्रस्तुत विधानमा जे जे व्यवस्था गरेर केन्द्रीय सचिवालय र पोलिटब्युरोले पारित गरेको विषयलाई सहमत जनाएर आफ्नो सुझाव राख्नुभएको छ,’ गौतमले भने ।

उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी प्रवेशको विषयमा पनि सदस्यहरूले धारणा राखेको उनले बताए ।

‘जुन हैसियत दिएर उहाँलाई त्यो पदमा पुर्‍यायो, अहिले दल विशेषको कार्यकर्ता भएर आउँदा के प्रभाव  पार्छ भन्ने विषयमा बहुआयामिक तरिकाबाट छलफल भइरहेको छ,’ गौतमले भने ।

स्थानीय पार्टी कामलाई व्यवस्थित गर्ने लगायतका विषयमा कुरा राख्ने क्रम रहेको उनले बताए ।