काठमाडौँ । बैतडीको सीमा नाका झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले ७४ लाख बढी राजस्व संकलन गरेको छ ।
कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा ७४ लाख ४३ हजार २४३ रुपैयाँ राजस्व संकलन गरेको हो ।
१ करोड ३ लाख ५९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा त्यसको ७१ दशमलव ८५ प्रतिशत मात्रै राजस्व संकलन भएको महाकाली भन्सार कार्यालयले जनाएको छ ।
राजस्व संकलनको लक्ष्य नै बढी भएका कारण गत आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकिएको कार्यालयको भनाइ छ । भन्सार महसुल,भन्सार सेवा दस्तुर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कबाट उक्त राजस्व रकम संकलन गरिएको हो ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने कार्यालयले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको थियो । आर्थिक वर्ष २०८०/८१ मा ५० लाख ८९ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा ८६ लाख ८४ हजार ९० रुपैयाँ राजस्व संकलन भएको थियो ।







