२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बंगलादेशद्वारा वार्षिक सात लाख टन गहुँ आयातको लागि अमेरिकासँग सम्झौता

अ+ अ-

एएफपी । आगामी पाँच वर्षका लागि प्रतिस्पर्धी मूल्यमा अमेरिकाबाट वार्षिक सात लाख टन उच्च गुणस्तरको गहुँ आयात गर्न बंगलादेश र अमेरिकाबिच सम्झौता भएको छ ।

जुलाईको अन्तिम हप्तामा बंगलादेश र अमेरिकाबिच तेस्रो चरणको शुल्क वार्ता अघि यो सम्झौतामा हस्ताक्षर भएको हो । अमेरिकाले शुल्क सम्झौतामा हस्ताक्षर गर्न निश्चित सुरक्षा सहयोग बढाउनका लागि शर्तहरू लगाएपछि दोस्रो चरणको वार्ता निर्णयविहीन भएको छ ।

यसैबिच अमेरिकाले बङ्गलादेशसँग संयुक्त सैन्य अभ्यास जारी राख्ने घोषणा गरिसकेको छ ।

गहुँ आयात गर्ने सहमति पत्रमा बंगलादेश सरकारको तर्फबाट खाद्य विभागका महानिर्देशक मोहम्मद अबुल हसनत हुमायूँ कबीर र संयुक्त राज्य अमेरिकाको तर्फबाट युएस गहुँ संघका उपाध्यक्ष जोसेफ के सोवरले बंगलादेशका खाद्य सल्लाहकार अली इमाम मजूमदारको उपस्थितिमा हस्ताक्षर गरेका थिए ।

हस्ताक्षर कार्यक्रममा बोल्दै खाद्य सल्लाहकार अली इमाम मजूमदारले एमओयूले बंगलादेश र संयुक्त राज्य अमेरिकाबिच आपसी व्यापार सहयोगको थप क्षेत्रहरू सिर्जना गर्न र अवसरहरू सिर्जना गरी दुवै देशका जनता लाभान्वित हुने बताएका छन् ।

देशको समग्र खाद्य सुरक्षा, पोषण गुणस्तर र खाद्य आपूर्ति सुनिश्चित गर्न बंगलादेश र संयुक्त राज्य अमेरिकाबिच सम्झौता गरिएको बंगलादेशको अन्तरिम सरकारले विज्ञप्ति मार्फत जनाएको छ ।

यसअघि जुलाई ९ को समय सीमाभन्दा दुई दिन अगाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बंगलादेशलाई ३५ प्रतिशत कर लगाउने पत्र जारी गर्दै यो शुल्क अगस्ट १ देखि लागु हुने बताएका थिए ।