एएफपी । इन्डोनेसियाको सुलावेसी टापुमा एक पानीजहाजमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ भने ५ सय भन्दा बढीको उद्धार गरिएको अधिकारीहरूले बताएका छन् ।
इन्डोनेसियाली तट रक्षकका अनुसार केएम बार्सिलोना–५ को जहाजमा आइतबार आगलागी भएको थियो ।
कुल ६ सय यात्रु बोक्ने क्षमता रहेको पानीजहाजमा टिकट लिई यात्रा गरिरहेका यात्रुको सङ्ख्या २८० रहेको थियो भने १५ जना चालकब दलका सदस्य थिए ।
पानीजहाजमा भएको आगलागीपछि भएको उद्धार प्रक्रिया अझै पनि जारी रहेको छ ।
खराब मौसमका कारण बालीको लोकप्रिय रिसोर्ट टापुमा एक डुंगा डुबेको र १९ जनाको मृत्यु भएको केही हप्तापछि आइतबार अर्को दुर्घटना भएको हो ।







