२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुवातास नियन्त्रणमा सक्रियता बढाउँदै प्रशासन

अ+ अ-

पर्सा । जिल्ला प्रशासन कार्यालयले जिल्लामा जुवा-तास नियन्त्रणका लागि सक्रियता बढाएको छ ।

गत शनिबार जीतपुर-सिमरा उपमहानगरपालिका-२ जानकी टोलबाट नौ जना जुवाडे पक्राउ परेका छन् । बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले उच्च पदस्थ तथा राजनीतिक पदको आवरणमा जुवातास खेल्नेलाई नियन्त्रण गर्न आवश्यक अभियान सञ्चालन गरिएको बताए ।

‘‘जुवातास खेल्नेको अखडाहरू लक्षित गरी खोज्ने कार्य जारी राखेका छौँ”, उनले भने, ‘‘बारा प्रशासनले लागुऔषधको दुर्व्यसनी रोक्न ‘ड्रप ड्रग’ लाई उत्तिकै प्राथमिकता दिइरहेका छौँ ।’’

प्रजिअ अधिकारीले जुवातास खेल्ने उच्चपदस्थ व्यक्तित्वहरूको खोजी तीव्र बनाइएको बताए । ‘‘जीतपुर सिमरामा पक्राउ पर्ने कुनै राजनीतिक पार्टीका केन्द्रीय सदस्य, विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्षलगायत छन्’’, उनले भने, ‘‘तास खेल्ने अखडाहरूको रेकी गरेर पक्राउ गर्ने काम हुँदै आइरहेको छ ।’’

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितले जुवातास नियन्त्रणका कदम चाल्दै आइरहेको बताए । ‘‘प्रहरीले जुवातास नियन्त्रणका लागि सधैँ नै आवश्यक निगरानी गरिराखेको हुन्छ’’, उनले भने, ‘‘जुवाडे पक्राउ गर्दा प्रहरीको सक्रियता बढ्यो भन्ने र पक्राउ नपर्दा घट्यो भन्ने हुँदैन । हामीले गर्नुपर्ने काम गरिराखेका छौँ ।’’ प्रवक्ता पण्डितले बारामा जुवातास खेल्ने पेशेवरकै रूपमा रहेको जानकारी दिए ।

मुलुकी अपराध संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिवानाको व्यवस्था गरिएको छ । दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिवाना तोकिएको छ । दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने व्यवस्थासहित उल्लेख छ ।

जुवा खेल्न प्रयोग भएको साधन र जुवा खालमा प्राप्त सम्पूर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी व्यवस्था छ । तर, जुवा खेलेको घर वा कोठा वा ठाउँ वा सवारीसाधन भने जफत नहुने उल्लेख छ ।