२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवा बाढी क्षतिको बीमा दाबी २९ करोड

अ+ अ-

काठमाडौँ । रसुवामा दुई साताअघि आएको बाढीका कारण भएको क्षतिको दाबी २९ करोड रुपैयाँ बराबर पुगेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार आइतबारसम्म ६३ बढी आवेदनबाट उक्त रकम बराबर माग दाबी परेको हो ।

२३ असारमा आएको बढी पहिरोका कारण भन्सार यार्ड, आयात गरिएका जाँचपास भएका र हुन बाँकी गाडी तथा सामान सहितका कन्टेनर बगाएको थियो । साथै, ११ जनाको ज्यान गएको थियो भने १९ अझै बेपत्ता छन् ।

क्षतिका लागि हालसम्म ९ बीमा कम्पनीका बिमितले २८ करोड ९२ लाख ६० हजार रुपैयाँ बराबर माग दाबी गरेका हुन् ।

दाबी भएको रकममध्ये सबैभन्दा धेरै सामुद्रिक बीमा लेखमा भएको छ । उक्त बीमा लेख १५ करोड ७० लाख रुपैयाँ बराबरको माग दाबी भएको प्राधिकरणले जनाएको छ । यो बीमा लेखमा दाबी संख्या भने ६ वटा मात्रै छन् ।

त्यसैगरी इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमालेख अन्तर्गत ४ आवेदनबाट ५ करोड ५५ लाख रुपैयाँ बराबर माग दाबी परेको छ भने सम्पत्ति बीमा अन्तर्गत १० बिमितले ४ करोड १८ लाख रुपैयाँ बराबर दाबी गरेका छन् । त्यसैगरी मोटल बीमा अन्तर्गत सार्वजनिक ३२ र निजी ११ गरी कुल ४३ बिमितले ३ करोड ४९ लाख रुपैयाँ बराबर माग दाबी गरेको प्राधिकरणले जनाएको छ ।