२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कोरा पाल्पा साइक्लिङ च्यालेञ्ज’ सुरु

अ+ अ-

तानसेन (पाल्पा) । पाल्पालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय साइक्लिङ गन्तव्य बनाउने उद्देश्यले ५५ किलोमिटर लामो ‘दोस्रो कोरा पाल्पा साइक्लिङ च्यालेञ्ज–२०२५’ सुरु भएको छ । पाल्पा साइक्लिङ संघको आयोजनामा आज तानसेनको टुँडिखेलबाट उक्त च्यालेञ्ज सुरु भएको हो ।

तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले साइकल चलाएर च्यालेञ्जको शुभारम्भ गरेका छन् । ‘कोरा साइक्लिङ च्यालेञ्ज’ले नेपाललाई विश्वमा चिनाउन मद्दत गर्नुका साथै पर्यटकीय विकासमा ठूलो टेवा पुर्‍याउँदै आएको नगर प्रमुख श्रेष्ठले बताए । सफलतापूर्वक सञ्चालन हुँदै आएको यस च्यालेञ्जले साइकलयात्रीलाई प्रोत्साहन गर्नुको साथै यहाँको प्राकृतिक सौन्दर्यतालाई नियाल्दै ग्रामीण पर्यटकीय प्रवर्द्धनमा टेवा पुर्‍याएको उनले चर्चा गरे । 

संघले गत वर्ष दुई दिने ‘हेरिटेज राइड–२०८१’ सञ्चालन समेत गरेको थियो । यस वर्ष ‘दिस इज नट अ रेस, एभ्रीवन इज अ उइनर’ भन्ने नाराका साथ दोस्रो कोरा पाल्पा साइक्लिङ च्यालेञ्ज–२०२५ सुरु गरिएको संघका अध्यक्ष रूपेश महर्जनले बताए । उनले भने, “पाल्पामा दोस्रो पटक व्यवस्थित ढङ्गले कोरा आयोजना गरेका हौँ । यसले यहाँको पर्यटन, स्वास्थ्य, र वातावरणीय सचेतनामा नयाँ ऊर्जा ल्याउने छ ।” यो वर्षको कोरा यात्रा ऐतिहासिक र प्रभावशाली हुने विश्वास लिइएको उनको भनाइ छ ।

 कार्यक्रममा ७० जना साइक्लिङ सहभागी रहेका सङ्घका उपाध्यक्ष अमनकाजी शाक्यले बताए । कार्यक्रममा सहभागी हुने साइकलयात्रीले यहाँका विभिन्न प्रमुख धार्मिकस्थल तथा पर्यटकीयस्थललाई घडीको दिशामा परिक्रमा गरी ५५ किलोमिटरको यात्रा पूरा गर्ने उनको भनाइ छ । स्वास्थ्यका लागि साइक्लिङको महत्त्व बुझाउन, धार्मिकस्थलको प्रचार र यहाँका पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न कोरा साइक्लिङ च्यालेञ्ज महत्त्वपूर्ण हुने उपाध्यक्ष शाक्यले विश्वास लिए। उनले भने, “कोरा केवल साइकलयात्रीको जमघट मात्र होइन, यो समाजका लागि योगदान गर्ने एक महान् अवसर पनि हो । पाल्पावासीको उत्साह देख्दा हामी अत्यन्त उत्साहित छौँ ।” 

यात्राका क्रममा कुनै स्वास्थ्य समस्या आए स्वास्थ्यकर्मीको टिम समेत तयारी अवस्थामा राखिएको संघका सचिव विज्ञान बज्राचार्यले बताए । बिहान ८ बजेदेखि टुँडिखेलबाट निस्केको साइकल र्‍याली दरबार परिसरमा गई यात्रा सुरु गरेको थियो । त्यहाँबाट बतासेडाँडा, भैरवस्थान मन्दिर, जलेश्वर मन्दिर, वयदर राडर टावर, डुम्रे, प्रभास हुँदै जिल्लाका विभिन्न स्थान परिक्रम गरी पुनः पाल्पा दरबार परिसरमा आएर कार्यक्रम समापन हुने संघका सदस्य शान्ता थैवाले जानकारी दिए ।