२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माधव नेपाले भने-‘वैचारिक दृष्टिकोण निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ’

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक विचार सिद्धान्त निकट रहेका समूह तथा कम्युनिष्ट पार्टीबीच एकता आवश्यक रहेको बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी) र नेकपा राष्ट्रिय एकता अभियानबीच आज आयोजित एकता सभामा उनले मुलुकको आर्थिक विकास तथा जनताको समृद्धिका लागि सबै क्रान्तिकारी, वामपन्थी शक्तिलाई बलियो बनाउन विभिन्न रूपमा छरिएका कम्युनिष्ट समूहलाई एकताबद्ध गर्नुपर्नेमा जोड दिए ।

पार्टी बलियो बनाउन समान नीति र उद्देश्य बोकेका अरू दलसँगको एकता र सहकार्य अर्थपूर्ण हुने उल्लेख गर्दै अध्यक्ष नेपालले राष्ट्रिय एकता अभियानसँग गरिएको एकताले पार्टीलाई बलियो बनाउने विश्वास व्यक्त गरे ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेताहरूबाट आएका अभिव्यक्तिले तत्काल उनीहरूसँग एकताको सम्भावना नरहेको बताउँदै उनले त्यहाँभित्रको सैद्धान्तिक तथा वैचारिक विचलन बाधक रहेको विचार व्यक्त गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले आफ्नो पार्टीको वैचारिक दृष्टिकोणका कारणले देशको राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको प्रष्ट पारे ।

सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले निरङ्कुशताविरुद्ध संघर्ष गरेका वामपन्थी शक्तिबीचको एकता मुलुकको आवश्यकता भएको बताउँदै त्यसको सुरुआत आजको कार्यक्रमबाट भएको उल्लेख गरे । 

उनले मुलुकमा सबै वामपन्थी शक्तिबीच ध्रुवीकरणको विकास हुँदै जाँदा एमालेसँग पनि दीर्घकालमा एकताको सम्भावना र लक्ष्य राख्नुपर्ने उल्लेख गरे ।

अभियानका संयोजक वामदेव गौतमले आफू ७५ सदस्यीय केन्द्रीय कमिटीको समर्थन बोकेर आएको बताउँदै एकताप्रति खुसी व्यक्त गरे । 

मुलुकमा समाजवाद निर्माणका लागि आफू समाहित भएको बताउँदै उनले भने, “मेरो जीवनमा समाजवाद देख्न पाएँ र मैले नै निर्माण गरेर समाजवादी पद्धतिमा सामेल हुन पाएँ भने साँच्चिकै यो जीवन पूर्ण रूपमा सफल भएको ठान्नेछु ।”

नेता गौतमले जनताका समस्यालाई समाधान गर्दै पार्टी संगठन गतिशील बनाउन आफूले सक्दो भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।