काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टेलिग्राम एप बन्द गरेको छ।
शुक्रबार प्राधिकरणले टेलिग्राम एप बन्द गर्न सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई निर्देशन दिएको हो।
टेलिग्राममार्फत अनलाइन ठगीको संख्या निरन्तर बढिरहेको र मनी लाउण्डरिङ समेत यसैमार्फत हुने गरेको भन्दै सरकारले बन्द गर्ने निर्णय लिएको हो।
‘अनलाइन फ्रडको संख्या निरन्तर बढिरहेको र मनी लाउण्डरिङ जस्ता गम्भीर अपराधमा संलग्नता समेत रहेको बुझिन आएकाले टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउनेरबन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई यसै सूचना मार्फत निर्देशन गरिएको छ,’ प्राधिकरणको सूचनामा भनिएको छ।







