२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘न्यायालयले गर्ने फैसलामा सम्मान छ’- डा. स्वर्णिम वाग्ले

अ+ अ-

दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं तनहुँ क्षेत्र नम्बर १ का सांसद डा. स्वर्णिम वाग्लेले न्यायालयले गर्ने हरेक फैसलालाई पार्टीले सधैँ सम्मान गर्दै आएको बताएका छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडामा आज कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै वाग्लेले पार्टीले सञ्चालन गरेको हस्ताक्षर अभियान न्यायपालिकालाई प्रभावित पार्न नभएको स्पष्ट पारे । उनले हस्ताक्षर अभियान सञ्चालन गर्दैमा सभापति रवि लामिछाने छुट्ने होइन भन्दै न्यायपालिकाले गर्ने कार्यसम्पादनमा दखल नदिने जिकिर गरे। उनले भने, “न्यायपालिकाले गर्ने फैसला हामी मान्दै आएका छौँ र मान्नेछौँ ।”

उपसभापति वाग्लेले पार्टी सभापतिमाथि राजनीतिकरण भएको आफूहरूको बुझाइ रहेको उल्लेख गरे । पार्टीप्रति आम जनताको आकर्षण बढेको दाबी गर्दै उनले सबैभन्दा ठूलो अदालत भनेको जनअदालत भएको बताए। आफूहरू २०८४ को चुनावको तयारीमा रहेको बताउँदै त्यसलाई पार्टीप्रतिको आकर्षणले बलियो बनाएको उनले जिकिर गरे ।