२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सूचना माग र पुनरावेदन’ गर्ने प्रणाली सञ्चालनमा

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले नागरिकको सूचनाको हकसम्बन्धी व्यवस्थाको कार्यान्वयनमा सहजीकरण गर्न आजदेखि ‘आरटिआई म्यानेजमेन्ट सिस्टम’ सञ्चालनमा ल्याएको छ । आयोगमा आज आयोजित कार्यक्रममा प्रमुख सूचना आयुक्त डा.सुरेशप्रसाद आचार्यले सो प्रणालीको प्रारम्भिक चरणको शुभारम्भ गरे । 

पहिलो चरणमा संघीय मन्त्रालय, संवैधानिक तथा केन्द्रीय आयोग, विभाग वा विभागस्तर कार्यालयसमेतका सूचनालाई सो अनलाइन प्रणालीबाटै माग गर्न सकिने व्यवस्था गरिएको छ । माग गरेको सूचना उपलब्ध नगराएमा पुनरावेदनसमेत गर्न सकिने व्यवस्था सो प्रणालीमा राखिएको छ ।

 उक्त प्रणालीलाई तीनै तहका सरकार, सार्वजनिक निकाय र देशव्यापीरुपमा क्रमशः लागू गर्ने योजना रहेको प्रमुख आयुक्त आचार्यले जानकारी दिए । “अब सूचना माग कर्ताले सम्बन्धित निकायमा इमेल गरिराख्नुपर्दैन”, उनले भने, “यही प्रणालीमार्फत सार्वजनिक निकायबाट सूचना माग गर्न सकिनेछ ।”

सो प्रणालीको कार्यान्वयनबाट सूचना माग र प्राप्तिमा सहजीकरण हुनेछ । सूचना माग गर्ने र नपाएमा पुनरावेदनका लागि अपिल गर्न सकिने छ । आयोगले सो प्रणालीबाट सूचना माग गर्ने, सूचना उपलब्ध नगराएमा पुनरावेदन गर्नेलगायत विषयमा सूचनाका हकका अभियान्ताहरुलाई जानकारीसमेत गराइसकेको छ ।

आर्थिक वर्ष २०८१/०८२ मा कुल एक हजार ५३ वटा मुद्दा दर्ता भएकामा आयोगबाट जवाफ दिन नपर्नाको कारण भए जवाफ पेस गर्न ९५८ वटा आदेश भएको सूचना आयुक्त एवं प्रवक्ता गगन विष्टले जानकारी दिए। पुनरावेदकलाई सात दिनभित्र जवाफ दिन ४५३ वटा आदेश भएको र ७०९ वटा मुद्दा फर्छ्योट गरिएको आयोगले जनाएको छ ।