काठमाडौँ । साफ यु-२० महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दै छ।
खेल नेपाली समय अनुसार दिउसो पौने ३ बजे सुरु हुनेछ। दुई दिनअघि ७-० ले विजयी भएको नेपालले आज दोस्रो खेल श्रीलंकासँग नै खेल्न लागेको हो।
जारी प्रतियोगितामा नेपालले खेलेका ३ खेलमा २ जित हासिल गरेको छ। जसमा नेपालले श्रीलंकालाई ७-० गोल अन्तरले पराजित गरेको थियो भने भुटानलाई ६-१ गोल अन्तरले हराएको थियो। नेपाल बंगलादेशसँग ३९२ गोल अन्तरले पराजित हुन पुग्यो।
त्यस्तै श्रीलंकाले भने लगातार तेस्रो हार बेहोरेको छ। नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिइरहेको यो प्रतियोगिता जुलाई २२ सम्म चल्ने छ।
डबल राउण्ड रोबिनका आधारमा भइरहेको खेलमा हरेक देशले एक अर्का विरुद्ध २-२ पटक खेलेपछि शीर्ष स्थानमा रहने टोली विजेता हुने छ।







