काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग छानबिन विशेष समितिले बयान लिइरहेको छ।
सिंहदरबारस्थित राज्य व्यवस्था समितिकै बैठक कक्षमा बुधबार दिउँसो खतिवडासँग समितिले सोधपुछ गरिरहेको सभापति खतिवडाको सचिवालय स्रोतले बतायो ।
संघीय निजामती विधेयकको कुलिङ अफ पिरियडमा हेरफेर गरिएको भन्दै छानबिन गरिनुपर्ने माग गरिएपछि काँग्रेस सांसद जीवन परियारको संयोजकत्वमा समिति गठन गरिएको थियो ।







