काठमाडौँ । लोक सेवा आयोगले अधिकृत पदको लिखित नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले बुधबार एक सूचना जारी गरी अधिकृत पदको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७३२०-१७३२१/०८१-८२ (खुला/समावेशी), वन सेवा, ने.पा. एण्ड वा.ला समूह, रा.प.तृतीय श्रेणी, संरक्षण अधिकृत पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।

यस्तै आयोगले विज्ञापन नं १७३१९/०८१-८२ (खुला), वन सेवा, वोटानी समूह, रा.प.तृतीय श्रेणी, वैज्ञानिक अधिकृत पदको लिखित नतिजा पनि प्रकाशन गरेको छ ।








