२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. कोइराला निवास पुगे बालकृष्ण खाँण

अ+ अ-

काठमाडौँ। कुनै समय सभापति शेरबहादुर देउवाका विश्वास पात्र मानिएका नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण विराटनगरस्थित डा. शेखर कोइराला निवासमा आएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँण बुधबार बिहान कोइराला निवास आएका हुन् ।

कोइराला निवासमा उनको उपस्थिति काँग्रेसको राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ । सभापति देउवासँग चिढिएका खाँणले कोइराला निवासमै पत्रकार सम्मेलन पनि गरे । पत्रकार सम्मेलनमा गुट फेरेको नबताए पनि उनको उपस्थितिले कोइराला समूहका नेताहरू भने हर्सित बनेका छन् ।

कृष्णप्रसाद कोइराला हुँदै बिपी र गिरिजा बसेको यो घर डाक्टर शेखर कोइरालाको भागमा परेको छ । कोइरालाले काँग्रेसभित्र इतर समूहको नेतृत्व गरिरहेका छन् ।

सभापति देउवासँग टाढिएका खाँणले कोइराला निवास पुगेर आफू डाक्टर शेखर कोइरालाको क्याम्पमा आएको संकेत गरेका छन् ।

कोइराला निवासमा उनले पत्रकारहरूसँग कोइराला निवास गुटको केन्द्र नभई साझा ‘पवित्र भूमि’ भएको दाबी गरे । नेपालको राजनीतिमा कोइराला परिवारले पुर्‍याएको योगदान अतुलनीय रहेको पनि स्मरण गरे ।

‘पार्टी नेता शेखर कोइराला यहाँ बस्नुहुन्छ । तर यहाँ पहिले बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, बुवा कृष्णप्रसाद कोइराला पनि बस्नुहुन्थ्यो’, उनले भने, ‘यहाँ सबै कोइरालालाई सम्झनुपर्छ । उहाँहरूसँग भावनात्मक सम्बन्ध छ। उहाँहरू हाम्रो लागि महामानव हो । निवासलाई पार्टीको गुटको रूपमा हेर्न हुँदैन । यो हाम्रो लागि धार्मिक स्थल गए झैँ पवित्र स्थल हो।’

पार्टीको आगामी महाधिवेशनबारे पत्रकारको प्रश्नमा नेता खाँणले पार्टी विधानअनुसार विशेष परिस्थितिमा एक वर्ष थपेर पाँच वर्षभित्र महाधिवेशन गर्न सकिने व्यवस्था रहेको स्पष्ट पारे ।

खाँणले पार्टी भित्रको अनुशासनको कारवाही गर्नु र कारवाहीका विषयमा कुरा उठ्नु स्वभाविक भएको बताए । ‘कुनै पनि पार्टीको जिम्मेवार निकायले एक पक्षीय वा पक्षपातपूर्ण व्यवहार गर्नुहुँदैन’, उनले भने, ‘काँग्रेस मुलुकको ऐतिहासिक प्रजातान्त्रिक पार्टी हो । काँग्रेस कमजोर हुँदा नेता र कार्यकर्ता मात्र कमजोर हुँदैन, पार्टी कमजोर हुँदा मुलुकको प्रजातान्त्रिक पद्धति नै कमजोर हुनेछ।’

पार्टी संस्थापन वा पार्टी सभापतिसँगको दुरी बढ्दै गएको विषयमा उनले सभापतिलाई सहयोग गर्दै पार्टी बलियो बनाउनु पर्ने उनको भनाइ छ ।