२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले र नेतृत्वमाथि हमलाको प्रतिवाद नपुगेको निचोडसहित यस्ता छन् संगठन विभागका निर्णय

अ+ अ-

काठमाडौँ । नेकपा एमाले केन्द्रीय संगठन विभागको बैठकले विभिन्न ४ वटा विषयमा निर्णय गरेको छ ।

महासचिव शंकर पोखरेलको उपस्थितिमा सोमबार सम्पन्न बैठकले पार्टीको आन्तरिक संगठन सुदृढीकरण, आसन्न विधान महाधिवेशन, राष्ट्रिय राजनीतिक परिस्थितिबारे निर्णय लिइएको विभागका सचिव माधव ढुंगेलले बताए ।

बैठकले पछिल्लो समय पार्टी र नेतृत्वमाथि भइरहेको हमला र गलत अफवाहको प्रतिवाद अझै नपुगेको निष्कर्ष निकालेको छ । त्यस्तै पार्टी कमिटी र जनसंगठनका अधिवेशनका क्रममा जिम्मेवारी बाहिर रहेका नेता/कार्यकर्तालाई यथाशीघ्र उपयुक्त जिम्मेवारीमा व्यवस्थापन गर्न सम्बन्धित नेतृत्वलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

पार्टीको सदस्यता नवीकरणपूर्व अनिवार्य रूपमा परीक्षा दिनुपर्ने व्यवस्थामा जाने, सदस्यता अभिलेखीकरण र विस्तारको निरन्तरता, समुदायसँग जनसंगठन, दुई पुस्ता सँगसँगैलगायतका अभियान चलाउने पनि निर्णय गरिएको छ ।

भदौ २०-२२ मा हुने विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधनबारे केन्द्रीय कमिटी बैठकको प्रस्तावमा मर्यादित ढंगले छलफलमा भाग लिन र सुझाव पठाउन पनि पार्टी पंक्तिलाई आव्हान गरिएको छ ।