२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपा उपाध्यक्षबाट राजीनामा दिएका गुप्ताद्वारा रुपन्देही ३ को चुनावका लागि उम्मेदवारी घोषणा

अ+ अ-

काठमाडौँ । रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनमा भैरहवाका अजयकुमार गुप्ताले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

राप्रपाका वरिष्ठ नेता तथा रुपन्देही-३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित दीपक बोहराको गत चैतमा निधन भएपछि रिक्त पदमा यहाँ हुने उपनिर्वाचनमा अहिले उम्मेदवारी घोषणा सुरु हुन थालेको छ ।

राप्रपा रुपन्देहीको उपाध्यायबाट तीन महिनाअघि राजीनामा दिएका सिद्धार्थनगर नगरपालिका–३ का ४३ वर्षीय गुप्ताले उम्मेदवारी दिने घोषणा गरेका हुन् । यसअघि बुटवल १९ का लेखनाथ गैरेले पनि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

गुप्ताले बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी आफू उपनिर्वाचनमा उम्मेदवार बन्ने सार्वजनिक गरेका छन् । विगतमा मधेशवादी दल र त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा रहेर राजनीति गरेका गुप्ताले अहिले कुनै पार्टीमा नभएको जनाएका आफू हाल स्वतन्त्र युवा भएको बताए ।

उनले गत वैशाख ३० गते राप्रपा परित्याग गरेका थिए । ‘अबको नेतृत्व रैथाने युवाको’ हुनुपर्ने नाराका साथ आफू अघि बढेको उनले बताए । ‘म भैरहवामा जन्मे, यही हुर्के, शिक्षा पाएँ, उद्योग व्यवसाय सञ्चालन गरे, मेरो बाल्यकाल यही बित्यो । म यहाँको स्थानीय भएकोले यहीको माटोको माया छ, ’उनले भने । उनले रुपन्देही–३ ले रैथाने युवा नेतृत्व खोजिरहेको दाबी गरे ।