काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी अमेरिका भ्रमणमा जाने भएका छन्।
अमेरिकाको न्युयोर्कमा हुने दिगो विकाससम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी हुन् उपाध्यक्ष अधिकारी नेतृत्वको टोली असार ३० गते त्यसतर्फ प्रस्थान गर्दैछ।
उपाध्यक्ष अधिकारीको टोली संयन्त्रको बैठकमा सहभागी भएर साउन ८ गते स्वदेश फर्किने कार्यक्रम छ। सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले आयोगका उपाध्यक्ष अधिकारी नेतृत्वको टोलीको अमेरिका भ्रमण स्वीकृत गरेको छ।
भ्रमण टोलीमा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय स्थायी नियोगका लागि नेपाली राजदूत लोकबहादुर थापा र काउन्सलद्वय चक्र सुवेदी र शिवानी बस्नेत सहभागी हुनेछन्।







