२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित

अ+ अ-

विराटनगर । कोशी प्रदेश सभाबाट ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२ लाई प्रतिस्थापन गर्न बनेको विधेयक, २०८२’ सर्वसम्मतले पारित भएको छ ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले आजको बैठकमा उक्त विधेयक पारित गरियोस् भनी गर्नुभएको प्रस्तावलाई सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गराएका हुन् । 

उक्त विधेयकमा कुनै पनि संशोधनको प्रस्ताव संसद् सचिवालयमा दर्ता नभएको र सो विधेयकमा दफावार छलफलमा पनि कुनै पनि सांसदले सहभागी जनाएनन् । सभामा ‘महालेखा परीक्षकको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीले सदनमा पेस गरेका थिए । 

सभाको शून्य समयमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोशी प्रदेशसभा संसदीय दलका तर्फबाट सदस्य रमेशकुमार बस्नेतले देशकै सबैभन्दा ठूला बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राजनीति क्षेत्रबाट मुक्त राख्नुपर्ने बताए।

उनले नागरिकको उपचार तथा विशेषज्ञ स्वास्थ्य सेवामा समर्पित यो संस्थामा वार्षिक पाँच लाख नागरिकले बहिरङ्ग सेवा र लगभग ४५ हजार नागरिकले आकस्मिक सेवा लिने गरेको प्रतिष्ठान नेपाल र भारतका निम्ति नमुनायोग्य छ भने । जम्मा ९१५ वटा शय्या रहेको यो प्रतिष्ठानलाई विवाद रहित राख्नुपर्ने धारणा राखे । उनले निजामती कर्मचारी ऐनमा ‘कुलिङ अफ पिरिएड’मा भएको त्रुटिमा कसैले जिम्मेवारी नलिनु अस्वाभाविक हो भन्दै गल्ती गर्नेलाई कारबाही हुनुपर्छ भने ।

प्रदेश सभा सदस्य राजन किरातीले कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले कर्मचारीहरूसँग रकम माग्ने गरेको र रकम नदिए सरुवा गरिदिने समाचार सामाजिक सञ्जालमा छ्यापछ्याप्ती आइरहेकाले सरकारले छानबिन गर्नुपर्ने माग गरे । सदस्यहरू गोपालबहादुर बस्नेत, किशोरचन्द्र दुलाल, शोभा चेम्जोङ र ललिताकुमारी चौधरीले पनि विविध विषयमा आफ्ना धारणा राखेका थिए । अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ ।