२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायलमाथि यमनको ‘हूथी समूह’ को मिसाइल आक्रमण,सुरक्षा प्रणालीले मिसाइल रोक्यो

अ+ अ-

सना । यमनको हूथी सशस्त्र समूहले आइतबार बिहान इजरायलमाथि ‘हाइपरसोनिक ब्यालिस्टिक मिसाइल’ आक्रमण गरेको बताएका छन् । इजरायली रक्षा प्रणालीले उक्त मिसाइललाई रोक्न सफल भएको बताइएको छ ।

हूथीहरू यमनको उत्तर भागमा सक्रिय एउटा सशस्त्र समूह हुन् । उनीहरूको धार्मिक आधार जदी शाखासँग जोडिएको छ र उनीहरूले लामो समयदेखि यमनमा आफ्नो क्षेत्रीय अधिकार र राजनीतिक स्वतन्त्रताको लागि संघर्ष गर्दै आएका छन् ।

सन् २०१४ देखि उनीहरूले यमनको राजधानी साना र अन्य धेरै भागहरू नियन्त्रणमा लिएर सरकारविरुद्ध विद्रोह गरेका छन् । यो समूहले प्यालेस्टिनीहरूको समर्थन गर्दै इजरायलमाथि पनि आक्रमणहरू गरेको छ । यमनमा साउदी अरेबिया नेतृत्वमा गठित गठबन्धनले हूथीहरूलाई परास्त गर्न सैन्य हस्तक्षेप गरेको छ, जसले यमनमा लामो गृहयुद्ध र गम्भीर मानवीय संकट निम्त्याएको छ ।

हूथीहरूद्वारा सञ्चालित अल–मसिराह टिभीमा प्रसारित वक्तव्यमा, हूथी सेनाका प्रवक्ता याह्या सारियाले उक्त मिसाइल इजरायलको बेन गुरियन विमानस्थल लक्षित गरिएको जानकारी दिएका छन् । उनले आक्रमणले अस्थायी रूपमा इजरायलमा हवाई यातायातमा अवरोध आएको र मानिसहरू सुरक्षाको लागि आश्रय स्थलहरूमा गएको उल्लेख गरे । 

यसअघि, शनिबार इजरायल र हमासबीच कतारमा बन्धकहरू र युद्धविराम सम्बन्धी वार्ता पुन: सुरु गर्ने सहमति भएको थियो ।

नोभेम्बर २०२३ देखि हूथीहरूले इजरायलमाथि आक्रमण गर्दै आएका छन् र गाजा संकटमा प्यालेस्टिनीहरूप्रति समर्थन जनाउँदै आएका छन् ।