काठमाडौँ । एसीसी-१६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगिताअन्तर्गत सिंगापुरसँगको फाइनल खेलमा नेपालले टस हारेको छ । मलेसियाको बाङ्गीमा सिंगापुरले टस जितेर केही बेरमा ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्दैछ ।
नेपालले सेमिफाइनलमा घरेलु टोली मलेसियालाई नौ विकेट र सिंगापुरले हङकङलाई चार विकेटले हराउँदै फाइनलमा पुगेको हो । नेपाल र सिंगापुर एउटै समूह ‘ए’ मा थिए ।
समूह चरणको खेलमा नेपालले सिङ्गापुरलाई छ विकेटले हराएको थियो । यो समूहबाट नेपाल शीर्ष र सिंगापुर दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका थिए । नेपाल १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको साविक विजेता टोली हो ।







