२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुलिङ अफ पिरियडको छानबिन नहुँदासम्म तीन दलका सांसदको बहिष्कार, राज्य व्यवस्था समितिको बैठक स्थगित

अ+ अ-

काठमाडौँ । संघीय निजामती विधेयकमा कुलिङ अफ पिरियडको प्रावधानमा विवाद र छानबिनको माग उठेपछि नेकपा (एमाले), माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बहिष्कार गर्ने अडान लिएका छन्। फलस्वरूप, मंगलबार बिहान प्रहरी विधेयकमाथि छलफल गर्न बोलाइएको समितिको बैठक स्थगित भएको छ।

बिहान सभामुख देवराज घिमिरेसमक्ष समितिका सदस्यहरूले ध्यानाकर्षण गराएपछि एमाले सांसद पदम गिरीले पत्रकारसँग कुरा गर्दै समिति र सदनले पारित गरेको विषयमा बाहिरबाट शब्द थपेर संसद्को गरिमामाथि आँच पुर्‍याइएको बताए। उनले दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरे।

त्यस्तै, एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले छानबिन नहुँदासम्म समितिको बैठकमा सहभागी नहुने स्पष्ट पारे।

विवादका कारण समितिका सभापति रामहरि खतिवडाले अन्तिम समयमा बैठक स्थगित गरेका हुन्। समितिको कार्यतालिकामा प्रहरी विधेयकमा संशोधन प्रस्ताव राखेका सांसदहरूसँग छलफल गर्ने योजना थियो।