२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षा समितिको बैठक अनिश्चितकालका लागि स्थगित

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ। 

विद्यालय शिक्षा विधेयकमाथि छलफल गरी पारित गर्न सोमबार सिंहदरवारमा बसेको समिति बैठकमा शिक्षा मन्त्री रघुजी पन्तले छलफलका लागि अझै केही समय माग गरेपछि बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो।

बैठकमा काँग्रेस प्रमुख सचेतक श्याम घिमिरेले पनि अहिलेको अवस्थामा नै विधेयक पारित भए काँग्रेसलाई स्वीकार्य नहुने बताएका थिए। काँग्रेस सचेतकको धारण र शिक्षामन्त्रीले छलफलका लागि समय माग गरेपछि सांसदहरूले असन्तुष्टि जनाएका थिए। 

तर, छलफलपछि समिति सभापति अम्मरबहादुर थापाले समितिले सहमति गरेका विषयबाट ब्याक नहुने गरी सहमति कायम गर्न शिक्षामन्त्रीलाई आग्रह गर्दै छलफलका लागि केही दिन बैठक स्थगित गरे।

त्यसअघि बैठकमा शिक्षा मन्त्री रघुजी पन्तले परिस्थिति जटिल बनेको भन्दै केही दिन विद्यालय शिक्षा विधेयक पास नगर्न आग्रह गरे। उनले सरकारको सहमति बिना विधेयक पारित गर्ने अभ्यास अहिलेसम्म नरहेको बताए। काँग्रेसको समेत आग्रहमा आफूले छलफलका लागि केही दिनको समय मागेको उनको भनाइ छ।

त्यस्तै काँग्रेस प्रमुख सचेतक श्याम घिमिरेले शिक्षकहरूसँग छलफल बाँकी नै रहेकाले अहिले विधेयक पारित नगर्न सुझाव दिएका थिए। उनले अहिले नै विधेयक पारित भए काँग्रेसलाई स्वीकार्य नहुने बताए। समिति सदस्यहरूले भने सोमबार नै समितिबाट विधेयक पारित गर्नुपर्ने अडान राखेका थिए। माओवादी सांसद रेखा शर्मा, एमाले सांसद विद्या भट्टराई, रास्वपा सांसद सुमना श्रेष्ठलगायतका सांसदहरूले सहमतिमा यसअघि भएका सहमतिलाई आधार मान्दै विधेयक अघि बढाउन माग गरेका थिए।

विधेयकमा अस्थायी, करार र राहत शिक्षकलाई आन्तरिकबाट ६० प्रतिशत र खुलाबाट ४० प्रतिशतलाई स्थायी गर्ने व्यवस्था छ। तर, नेपाल शिक्षक महासंघले ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुलाबाट स्थायी गर्नुपर्ने अडान राख्दै आएको छ। शिक्षा मन्त्रालयले सोमबार नै गरेको वार्तामा शिक्षकहरूले आफ्नो अडान कायमै रहेको जनाएका थिए।