२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायण दाहालले भने-‘सांसदको भूमिका निर्वाचन क्षेत्रमा दुई-चार करोड बजेट लैजानेमा सीमित हुनु हुँदैन’

अ+ अ-

काठमाडौँ । सांसदहरू आफ्नो भूमिकाप्रति जिम्मेवार हुनुपर्ने राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बताएका छन् ।

उनले सांसदलाई प्रभावकारी बनाउने विषयमा सांसद र सरकार गम्भीर बन्नुपर्ने पनि बताए ।

सांसदले संसद्को बैठकमा जनताका समस्या सुनाएपछि मन्त्रीहरूले जवाफ दिने तर समस्याको समाधान नहुने विषयप्रति पनि ध्यान जानुपर्ने अध्यक्ष दाहालको भनाइ थियो । सांसदको भूमिका संसदीय निर्वाचन क्षेत्रमा बजेट लैजानेमा सीमित हुन नहुने उनको भनाइ थियो ।

सांसदले मुलुकको समग्र विषयमा आफ्नो भूमिका खोज्नुपर्ने अध्यक्ष दाहालको भनाइ थियो । ‘संसद्लाई थप प्रभावकारी बनाउन सांसदको भूमिका के हुन्छ ? हामीले जनतासँग गरेका वाचा नेपालको वर्तमान राजनीतिक परिस्थिति, देशको सिंगो अर्थतन्त्रलाई कसरी अगाडि बढाउने र नेपाली जनताको जीविकाको सवालमा हामी कति गम्भीर र संवेदनशील छौँ भन्ने सवाल जोडेर आफ्नो भूमिका खोज्यौँ भने ठिक निष्कर्षमा पुगिन्छ, ’उनले भने, ’होइन भने जनताको बीचमा गएर भाषण गर्ने, आफ्नो क्षेत्रमा दुई(चार करोड बजेट लैजानेमा नै हाम्रो भूमिका सीमित रह्यो भने वास्तविक सांसदको भूमिकामा असफल हुनेछौँ ।’

अध्यक्ष दाहालले सांसदहरू नीतिगत बहस र कानुन कार्यान्वयनमा सक्रिय भएर लाग्नुपर्ने बताए । उनले थपे, ‘संसद्‌मा सांसदले उठाएका जनताका समस्यालाई समयमै सम्बोधन गर्ने र संसद्प्रति उत्तरदायी हुने सवालमा सरकार गम्भीर हुन आवश्यक छ । सांसदले संसद्‌मा समस्या उठाएपछि सम्बन्धित मन्त्रीले उत्तर दिने तर कार्यान्वयनमा ढिलासुस्ती र उदासीनता देखिने विषय विगतदेखि नै समस्या बनेको हामी सबैले महसुस गरेका छौँ । यसमा सबैको ध्यान जान जरुरी छ,’उनले भने ।

अध्यक्ष दाहालले संसद्प्रति जनताको विश्वास अभिवृद्धि गर्न सांसदहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै सबैले गम्भीर हुन जरुरी रहेको अध्यक्ष दाहालको भनाइ थियो ।