२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस केन्द्रीय समिति बैठक जारी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक अहिले बसिरहेको छ ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबारदेखि सुरु बैठकमा छलफल गर्नका लागि काँग्रेसले विभिन्न प्रस्तावहरू तयार गरेको छ ।

काँग्रेसका अनुसार बैठकमा छलफलका लागि तय गरिएका प्रस्तावहरूमा राजनैतिक, सामाजिक, शैक्षिक, प्रशासनिक लगायत एजेन्डाहरू छन् ।

बैठकमा १०० दिने अभियानका प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ ।

यसैगरी अनुशासन समितिको प्रतिवेदन, क्रियाशील सदस्यता नवीकरण प्रगति विवरण, केही भ्रातृ संस्थाबारे निर्देशक समितिको रायका आधारमा उपयुक्त निर्णय, नेपाली जनसम्पर्क समितिको व्यवस्थापन र बिस्तार, काँग्रेसको शुभेच्छुक संस्थाको रूपमा मान्यता प्राप्त ‘नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ’ र ‘नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ’ (निस्टा) को नाम संशोधन सम्बन्धबारे पनि बैठकमा छलफल हुनेछन् ।

यसैगरी कार्यसम्पादन समिति बैठकले गरेका निर्णयको अनुमोदन, जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका पारित गर्ने, संसद् र सरकारमा पार्टीको भूमिका प्रभावकारिता लयागतबारेमा पनि बैठकमा छलफल हुने काँग्रेसले जनाएको छ ।